बुटवल मंसिर २९
मानवअधिकाारकर्मि कृष्ण पहाडीले नेपालका राजनितिक दल सुध्रन नसक्दा लोकतान्त्रिक व्यवस्थामाथि नै धमिरा लाग्न थालेको आरोप लगाएका छन ।
उनले नेपालका राजनितिक दलहरूले जनताको मनोभावना बुझ्न नसकेको बताए ।मानव अधिकार तथा शान्ति समाज रूपन्देहिले दाङमा सम्पन्न २२ औ परिषद बैठकपछि आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मानव अधिकारकर्मि पहाडिले दल र व्यवस्थामा धमिरा र ग्रहण लाग्न थालेकाले नागरिक समाज सजग हुन पर्ने बेला आएको बताए ।
उनले तीन तहको सरकारमा अरुकुरामा बेमेल भएपनि भ्रष्टाचार गर्न एकमत देखिएको टिप्पणी गरे । उनले खर्चिलो निर्वाचन प्रणालिका कारण भ्रष्टाचार मौलाएकाले यसबारे सत्तासिन र प्रतिपक्ष कुनै पनि दलका नेता सुध्रन नचाहेको बताए ।
उनले देशमा संकट बढ्दै गएको भन्दै मानव अधिकारवादिहरूको आवश्यकता झन पछि झन बढ्दै गएको बताए । उनले विप्लव समूहलाई सरकारले कानुन सम्मत व्यवहार गर्न आग्रह गरे ।
७० बर्षदेखिको द्वन्दले देशको यो हालत बनेकाले हिंसाले कसैको हित नगर्ने बताए । विप्लव समुहलाई वार्तामा ल्याएर शान्तिपुर्ण वातावरण बनाउन नागरिक समाजले समेत अगुवाई गर्ने बेला आईसकेको बताए ।
पहाडिले सरकारले सिमा मिचिएको सम्बन्धमा तत्काल श्वेतपत्र जारी गर्न आग्रह गरे । उनले भारतिय सेना नेपाली भुमिबाट फिर्ता जान आग्रह गर्दै नेपाल सरकारले कुटनितिक पहल गर्न ढिलाई नगर्न आग्रह गरे ।
पत्रकार सम्मेलनमा शान्ति समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीले भ्रष्टाचार विरूद्व शान्ति सममजले अभियान नै चलाउने बताए ।
शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोविन्द खनालले तीन तहको सरकार बनेपछि झन भ्रष्टाचार बढेको खबर सुन्नु परेको बताए । उनले प्रदेश सरकले समेत भ्रष्टाचार नियन्त्रन्णको लागि कुनै काम गर्न नसकेको बताए ।
२२ औ परिषद बैठकले भ्रष्टाचार विरूद्व अभियान, लागू औषध दुर्वयसन, मानव वेचविखन विरूद्व सचेता तथा जलवायु परिवर्तनका बिषयमा समेत काम गर्ने निर्णय गरेको छ ।
पत्रकार सम्मेलनमा समाजका रूपन्देहि अध्यक्ष डिपि खनाल, सचिव अर्जुन ज्ञवालि, सहसचिव कपिल ज्ञवालिले बोलेका थिए ।