महिलाहरूलाइ कोैशीखेति सम्बन्धी सिपमुलक तालिम

काठमाडोै,पुस ४ ।
सिर्जनशिल एकिकृत दिगो विकास समाज ९सिआइएसडिए० काठमाडोैको आयोजनामा चारदिने महिला उद्दमी तालिम काठमाण्डोैको कपुरधारामा सम्पन्न भएको छ । तालिमका अबसरमा अर्गानिक कम्पोष्टङ, इएमओ र कोैशी डेमोष्ट्रेसन समेत गरिएको थियो ।
महिलाहरूलाइ उद्दमशिल बनाउने उद्देश्यले आयोजना भएको तालिम वडा नम्वर २६ का
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको प्रायोजन तथा काठमाण्डोै महानगरपालिकाको सहयोगमा सञ्चालन भएको हो ।
कपुरधारा श्रृजनशिल महिला समुहका अध्यक्ष सावित्रीदेवी पण्डितको अध्यक्षता र काठमाण्डोै महानगरपालिका वडा न। २६ का वडाध्यक्ष ख्यामराज तिवारीको प्रमुख आतिथ्यतामा भएको तालिम शुभारम्भ कार्यक्रममा स्वागत सिएसआइडिएसकी सदस्य गिता कोइरालाले गर्नुभएको थियो ।
कार्यक्रममा सिआइएसडिएसकी अध्यक्ष खिमा खनालले तालिमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । उहाँले काठमाडोै सहित ओखलढुँगा, रामेछाप,अर्घाखाँचीमा पनि फोहरमैला ब्यवस्थापन र त्यसबाट गर्न सकिने आम्दानीबारे तालिम र छलफल गरिएको जानकारी दिनुभयो ।
अध्यक्ष खनालले केन्द्र र स्थानीय सरकारले सहयोग गर्ने हो भने शहरका स्थानीय स्तरमा कोशी खेतीलाइ विकास गर्न सकिने त्यसबाट आर्थिक लाभ समेत लिन सकिने बताउनुभयो ।
वडाध्यक्ष तिवारीले घरबाट निस्कने फोहरलाइ घरमै सही ढंगले ब्यवस्थापन गर्न सके सत्तरी प्रतिशत फोहरमैला डम्पिडसाइड सम्म पुर्याउनै नपर्ने बताउनुभयो ।
यसैगरी काठमाडोै महानगरपालिकाका सामाजिक सेवा विभागका प्रमुख तथा अनुगमन समुहका संयोजक सनतकुमार थापाले महिलाहरू सिप विकासमा सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले समाजको सकारात्मक परिवर्तनमा महिलाहरूको योगदान महत्वपुर्ण हुने पनि बताउनुभयो ।
पुस १ देखि ४ गतेसम्म सञ्चालन भएको तालिममा ३० जनाको सहभागिता थियो । तालिममा कृषिविज्ञ डाक्टर राजेन्द्र देवकोटा, आयोजक संस्थाका अध्यक्ष खिमा खनाल, उपाध्यक्ष रामकृष्ण भण्डारी, काठमाडोै महानगरपालिकाका राजाराम कर्माचार्य, प्रारम्भ बायो टेकका सञ्चालक अशोक भट्टराइ, शोभा परियार लगायतले प्रशिक्षण दिनुभएको थियो ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.