फाउन्डेसन नेपालले मानब सेवा आश्रममा न्यानो कपडा वितरण

बुटवल पुष ४

न्यु भिजन फाउन्डेसन नेपालले बुटवल ८मा रहेको मानब सेवा आश्रममा रहेका सहयोगापेक्षि मानव हरुलाई  एक कार्यक्रमको आयोजना गरी दिवा खाना खुवाउनुका साथै न्यानोकपडा प्रदान गरेको छ । बुटबल उपमहानगर पालिकाले मानवताको सहर धोषणा गर्न लागेको अवसरपारेर र जाडो बढेकाले न्यानो कपडा बितरण गरीएको संस्थाका अध्यक्ष बिष्णु भुसाले बताए । कार्यक्रममा बोल्दै अध्यक्ष भुसाले फाउन्डेसन ले पनि समाज सेवालाई प्रथामिकता दिएकाले आगामि दिनमा समेत सहयोग गर्ने बताए । कार्यक्रममा संस्थाका संरक्षक शेरबहादुर केसि ले मानवले मानव लाई प्रेम गर्नु पर्ने बताए । उनले समाजमा रहेका सहयोगि हात हरुले गरेको यसप्रकारको  बाट आश्रम लाई प्रेरणा मिलेको बताए । बार्यक्रममा संयोजक मञ्जु बस्नेत ले आश्रमको सेवा बाट आफुहरु प्रभावित भएको भन्दै आफु हरुले पनि निरन्तर सक्दो सहयोग गर्ने बताईन । आश्रमकि जिल्ला संयोजक सरु अधिकारी न्युभिजनका संरक्षक जिवलाल पन्थी ,नेत्र प्रसाद पन्थी सल्लाकार यज्ञ आार्य,राम प्रसाद भुसाल,कमल प्रसाद खनाल, सृजना खनाल,नारायण खनाल बसन्ता गैरे तुल्सी खनालले बोलेका थिय । कार्यक्रममा सनसाईन फेसन उधोगका लक्ष्मण भण्डारी र सुरेश भण्डारीले ७५ सेट उनिको चोलो  सौजन्य गरेका थिय । कार्यक्रम संयोजक मञ्जु बस्नेको अध्यक्षता सचिव बसन्ता गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.