बुटवल सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त उपमहानगर घोषणा, निरन्तर सेबामा लाग्ने पाँच जना सम्मानित

 

 

 

बुटवल पुस ५ । बुटवल उपमहानगरपालिकालाई सहयोगापेक्षी बेसहारा सडक
मानवमुक्त उपमहानगर घोषणा गरिएको छ ।
सडकपेटी र सार्वजनिकस्थलमा रहेका सहयोगापेक्षी वृद्धवृद्धा, मनोरोगी, महिला
तथा बालबालिकाले सडकमा जीवन बिताउनु नपरोस् भन्ने उद्देश्यले बुटवल
उपमहानगरले शनिवार विशेष समारोह आयोजना गरेर सहयोगापेक्षी बेसहारा
सडक मानवमुक्त उपमहानगर घोषणा गरेको हो ।
घोषणासभामा सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त उपमहानगर घोषणा
कार्यान्वयनको सुनिश्चितताका लागि बुटवल उपमहानगरपालिका, सामाजिक विकास
मन्त्रालय, जिल्ला प्रशासन कार्यालय रुपन्देही, जिल्ला प्रहरी कार्यालय र मानवसेवा
आश्रम तथा नगरवासीहरुले प्रतिबद्धता जनाएर हस्ताक्षर गरेका छन ।
घोषणा कार्यक्रममा प्रदेश नम्बर ५ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री
कुलप्रसाद केसीले बुटवललाई सडक मानवमुक्त घोषणा गरेर ‘समृद्ध प्रदेश, खुशी
जनता’ परिकल्पना साकार पार्ने अभियानको थालनी गरिएको बताए ।
‘ व्यस्त शहरमा बेसहारा मानवमुक्त सडक बनाउने अभियान सफल पार्नु चानचुने
कुरा नभएको भन्दै प्रशंसा गरे ।, आफ्नैभित्रबाट अभिभावकत्व
गुमाउनुपर्दाको पीडा धेरै हुने बताउँदै उनले अभियानले परिवार र
समुदायलाई सकारात्मक सन्देश दिएको ले सफल बनाउन सबै एक हुनुपर्ने बताए ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले मानव अधिकारको संरक्षण
गर्ने दायित्व सरकारको भएकाले नगर सरकारले यसको जिम्मेवारी निर्वाह गरेको
बताए । सामाजिक विकासमन्त्री सुर्दशन बरालले कोही पनि व्यक्ति सडकपेटिमा भौतारिनु
नपर्ने बताए । उनले प्रदेशलाई नै सडक मानवमुक्त बनाउने अभियानमा सरकार
लागेको बताए । सभा सदस्य भोजप्रसाद श्रेष्ठ, फकरुद्धिन खान, जिल्ला समन्वय समितिका संयोजक एकराज विश्वकर्मा, सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालगायतले गौतमबुद्धको भूमि मानवताको शहरको रूपमा विकसित हँुदै गएको बताए । उपमहानगरपालिकालाई सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त घोषणा गर्दै उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले अबका दिनमा बुटवलको सडकमा कुनै पनि व्यक्तिले जीवनयापन गर्नु नपर्ने प्रतिबद्धता जनाए । उनले मानवसेवा आश्रमको आफ्रनै भवन निर्माण गरेर सेवालाई दीर्घकालीन बनाउन नगरपालिकाले सहयोग गर्ने बताए । हरेक नागरिकको मानव भएर बाँच्न पाउने अधिकारलाई मौलिक अधिकारको रूपमा कार्यान्वयन गर्ने चरणमा मानव सेवा आश्रमसँग सहकार्य गरी सडकमा बेसहारारूपमा जीवन बिताउनुपर्ने बाध्यतामा रहेका मानवलाई उद्वार, उपचार र आवासको व्यवस्था मिलाउने काम सम्पन्न गरी बुटवल उपमहानगरलाई सडक मानवमुक्त बनाइएको उपप्रमुख गुमादेवी आचार्यले बताए ।नगरलाई बेसहारा सडक मानवमुक्त बनाउन बुटवल उपमहानगरपालिकाले यसअघि सरकारी निकाय, सामाजिक संघसंस्था, नागरिक समाज, सञ्चारकर्मी, टोल विकास संस्था, विभिन्न समूह, सामुदायिक संघसंस्था क्लब समाजसेवी, बुद्धिजीवी, उद्योग व्यवसायी, स्वास्थ्य संस्था, शैक्षिक संस्थासँग समन्यवन र सहकार्य गरेको थियो । शारीरिक तथा मानसिकरूपमा असक्त मनोरोगी, अनाथ, अपाङ्गता भएका व्यक्ति र सहयोगापेक्षी मानवको उद्वार, उपचार र पालनपोषण गर्ने उद्देश्यले सामाजिक विकास मन्त्रालय र उपमहानगरपालिकाको सहयोगमा बुटवलमा मानव सेवा आश्रमको स्थापना गरिएको हो । सहयोगापेक्षी सडक मानव व्यवस्थापन एवं मानवता प्रवद्र्धनका लागि बुटवल उपमहानगरपालिका र मानव सेवा आश्रमबीचको सहकार्यमा गत वर्ष पुस ७ गतेदेखि एक वर्षको अवधिमा १९७ जनाको उद्धार गरिएको आश्रमका सञ्चालक रामजी अधिकारीले जानकारी दिए । घोषणा कार्यक्रममा सहयोगापेक्षी सडक मानव व्यवस्थापन एवं मानवता प्रवद्र्धनका लागि योगदान र्पुयाउने मानव सेवा आश्रमा सेवा गरीरहेका सुशीला केसी, सरु अधिकारी, टीकामाया थापा, गंगा थापा र होमनाथ पौडेललाई सम्मान गरिएको थियो । घोषणा सभापूर्व बुटवलमा बिभिन्न झाँकीसहित हजारौ नगरबासी सहभागी बृहतर्् याली निकालिएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.