सामुदायिक वनमा सरकारले लगाएको तेहेरो करको विरुद्ध बुटवलमा विशाल विरोध प्रदर्शन

 

 

बुटवल,पुस १४ । सामुदायिक वनमा सरकारले लगाएको तेहेरो करको विरुद्ध बुटवलमा विशाल विरोध प्रदर्शन भएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश ५ को संयुक्त आयोजनामा बुटवलमा भएको विरोध प्रदर्शनमा सामुदायिक वनका हजारौं उपभोक्ता सडकमा ओर्लिएका थिए । र्यालीले बुटवल बजार परिक्रमा गरेको थियो ।

र्यालीमा सहभागी वन उपभोक्ताहरुले सामुदायिक वनलाई संघ, प्रदेश र स्थानीय तहमा लगाइएको तेहेरो कर खारेज गर्नुपर्ने, वैज्ञानिक वन व्यवस्थापनका नाममा भैरहेको उपभोक्ता हित विपरितका काम बन्द हुनुपर्ने माग गरेका थिए ।

विरोध सभालाई सम्वोधन गर्दै सामुदायिक वन उपभोक्ता महासंघ केन्ऽीय अध्यक्ष भारती पाठकले उपभोक्तामाथिको तेहेरो कर स्वीकार्य नभएको बताउनुभयो ।

उहााले सामुदायिक वन उपभोक्ताहरुले गर्दै आएको वन संरक्षण, वनपैदावरको उपभोग, मुल्य निर्धारण, हरित व्यवसाय लगायत मुद्दामा सरकार लचिलो हुनुपर्ने माग पनि गनुभयो ।

सङ्घ, प्रदेश र स्थानीय तहले छुट्टाछुट्टै गरी वन पैदावार बिक्रीबाट हुने आम्दानीको अधिकांश हिस्सा करका नाममा लिन सक्ने निति लिएपछि सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलनमा उत्रिएको छ ।

नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, आर्थिक ऐन र प्रदेशमार्फत प्रस्तावित विधेयकमा सङ्घीय सञ्चित कोषमा १५ प्रतिशत, प्रदेश र सेवा शुल्क सञ्चित कोषमा २७ प्रतिशत छुट्याउनुपर्ने व्यवस्था गरिएको छ ।

स्थानीय तहको सञ्चित कोषमा १०, मूल्य अभिवृद्धि कर १३ र उपभोक्ता समूहको बचत रकममा आयकर २५ प्रतिशत कर गरी ९० प्रतिशत कर लगाउने नीतिप्रति महासंघले यसअघि पनि आपत्ति जनाएको थियो ।

महासंघले समूहले व्यापारिक प्रयोजनका लागि समूहबाहिर बिक्री गरेको काठ र दाउराबाट प्राप्त गरेको रकमको १५ प्रतिशत रकम वन पैदावार शुल्कका रूपमा संघीय कोषमा जम्मा हुने व्यवस्था गरी उक्त रकम तीनै तहका सरकारबीच बााडफााटको व्यवस्था गर्नुपर्ने महासंघको माग छ ।

नेपालको वन संरक्षण र सामाजिक तथा आर्थिक सशक्तीकरण गर्न सामुदायिक वनका उपभोक्ताहरुको महासंघले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.