मदन भण्डारी स्पोर्ट्स एकेडेमी द्धारा राहत सामग्री वितरण

 

बुटवल, १६ पुस । मदन भण्डारी स्पोर्ट्स एकेडेमी बुटवल उप–महानगर कमिटीले राहत सामग्री वितरण गरेको छ । एकेडेमीको ११ औं स्थापना दिवसको अवसरमा सिर्जनशील संस्था नेपाललाई राहत सामाग्री वितरण गरेको हो । उक्त संस्थाले सडक बालबालिकालाई उद्दार र पुनस्थापन गर्ने काम गर्दै आएको छ । उक्त राहत सामाग्री एक कार्यक्रमका बीच एकेडेमीका अध्यक्ष समुन्द्र श्रेष्ठ, मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रिय उपाध्यक्ष एवं नेकपा जिल्ला युवा तथा खेलकुद बिभाग प्रमुख ध्रुव आचार्य सहितको टोलीले राहत सामाग्री वितरण गरेको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि समेत रहेका धुव्र आचार्यले युवाहरु सामाजिक रुपान्तरणका कार्यहरुमा उपलब्धी मुलक सहभागिता जगाउनुपर्ने बताए ।
कार्यक्रममा प्रदेश कमिटी उपाध्यक्ष मीन प्रसाद पोख्रेल, उपाध्यक्ष देवि वाग्ले, जिल्ला सह–सचिब बिकास जंग बस्नेत, जिल्ला सदस्य दिनेश थापा, सस्थाकि कार्यक्रम संयोजक कल्पना ढकाल लगायतले बोलेका थिए । स्थापना दिवसकै अवसरमा एकेडेमीले पुस २७ गते मंगलबार पाचौं बटौली, ५ हजार मिटर अन्तर मा.बि. स्तरीय दौड प्रतियोगिता र माघ ३ गते शुक्रबार तेस्रो मदन भण्डारी अन्तर मा.बि. फुटसल प्रतियोगिता–२०७६ गर्दै छ । कार्यक्रम कमिटिका उपाध्यक्ष प्रकाश चौधरीको स्वागत एवं सचिव केशव पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.