सव इन्जिनयर र इन्जिनियर बिच सडक मर्मत सम्वन्धी अन्तक्रिया सम्पन्न

 

बुटवल पुष १९,

सडक डिभिजन बुटवल अन्तर्गतका राजमार्ग लगायतका सडकहरुको नियमित मर्मत संभार एवं सडक दुर्घटना न्युनिरकणका सम्बन्धमा सुपरभाइजर सव इन्जिनयर र इन्जिनियर अन्तक्रिया प्रशिक्षण एवं छलफल कार्यक्रम सम्पन्न भएको छ । सडक डिभिजनको सभाहलमा सम्पन्न उक्त कार्यक्रमले सडक डिभिजन अन्तर्गतका सडक मर्मत संभार एवं सडक दुर्घटना न्युनीकरण अन्त्य गर्न विभिन्न निर्णहरु तदारुकतासाथ कार्यान्वयन गर्ने बताईएको छ ।
विभिन्न सडकहरुमा समय समयमा देखिने पटहोल लगायतका विभिन्न खाल्डाखुल्डीहरु नियमित मर्मत संभार गर्न लेन्थवर्कहर सुपरभाइजर सवइन्जिनयरहरुलाई उत्प्रेरणा जगाउन यस्ता अन्तरिक्रया कार्यक्रम उल्लेख्य भुमिका खेल्ने बताउदै कार्यक्रमका प्रमुख अतिथि सडक डिभिजन बुटवलका डिभिजन प्रमुख मेघराज मरासिनी सडक विभागको हिरो अफ द रोलको भुमिकामा सुपरभाइजरहरु रहेको विषयमा प्रकाश पार्नुभयो ।
सडक डिभिजन बुटवलका ईन्जिनयर हरि प्रसाद सुवेदीले प्रशिक्षण मुलक अन्तरक्रिया कार्यक्रममा प्रमुख प्रशिक्षकको हैसियतले आफ्नो भुमिका निर्वाह गर्दै सडकको नियमित मर्मत संभारमा कुनै विषयमा कन्जुस्याई नगरी अग्रपंक्तिमा काममा तैनाथ हुन सम्पुर्ण सवईन्जिनयर सुपरभाइजरहरुलाई अभिप्रेरित गर्नुभयो ।
कार्यक्रममा सुपरभाइजरको तर्फबाट विनयी यादव र राजेन्द्र मरासनीले समन्वय गर्नुभएको उक्त कार्यक्रममा सवइन्जिनयर पिपुल गौतम अर्जुन पाण्डे र नविन पाण्डेले यस किसिमको कार्यक्रमले सडकमा काम गर्न थप उर्जा प्राप्त भएको विषयमा जोड दिनुभएको थियो ।
इन्जिनयर कृष्ण बहादुर कुँवरले संचालन गरेको उक्त कार्यक्रममा इन्जिनयर सविता ज्ञवाली कम्प्युटर अपरेटर प्रेम प्रसाद खनाल लेखापाल डिल्लीराज ज्ञवालि लगायतले आफ्ना भनाई राख्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता ईन्जिनयर दुर्गा गौतमले गर्नुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.