पर्यटनमैत्री होटल रेष्टुरेन्ट आवश्यक ः गिरी टवल–८ सुख्खानगरस्थित द दरबार लन शुभारम्भ

 

 


बुटवल, पुस १८ (मेसस) । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले पर्यटन व्यवसायलाई समृद्ध बनाउन पर्यटकको खाने, बस्ने र घुम्ने स्थानलाई ध्यान दिनुपर्ने बताएका छन् । उनले आगामी केही वर्षमा प्रदेश ५ लाई पर्यटनमा आधारित बनाउने योजना बनाएको बताएका हुन् । बुटवल–८ सुख्खानगरस्थित द दरबार लनको शुक्रबार शुभारम्भ गर्दै मन्त्री गिरीले प्रदेशको सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै व्यवसाय प्रवद्र्धन गर्न पर्यटन व्यवसायीलाई आग्रह गरे ।
लुम्बिनीसंग जाडिएका बुद्ध सर्किटलाई पहिचान गरेर प्रदेश सरकारले बृहत् योजना बनाएको बताउँदै उनले सरकारको योजनामा आधारित रहेर सहकार्य गर्न व्यवसायीलाई सुझाव दिए । प्रदेश सांसद तुलबहादुर घर्तीले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने कार्यक्रमलाई पर्यटन व्यवसायीले ध्यान दिनुपर्ने सुझाव दिए । सञ्चालक रामु गौतमको अध्यक्षता तथा मनोज रानामगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.