उच्च शिक्षाका लागी बाहिर जाने स्थतिको अत्य गर्नुस मुख्यमन्त्री पोखरेल
क्याम्पस प्रमुख हरुकालगी उच्चशिक्षा योजना तथा प्रशासन सम्वन्धी तालिम
बुटवल,पुस, २०। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सबै स्थानीय तहका क्याम्पसहरूले विद्यार्थी अध्ययनका लागि बाहिर जाने अबस्था आउन दिन नहुने बताउनुभएको छ । उहाले उच्चशिक्षकाका लागी बाहिर जाने स्थीको अत्यगर्नका लागी क्याम्पस प्रमुख तथा शिक्षा विदको महत्व भुमिका खेल्नु पर्ने बताउनु भएको छ ।
आंगिक तथा सम्वन्धनप्राप्त क्याम्पसका क्याम्पस प्रमुखहरूका लागि आजदेखि शुरूभएको उच्च शिक्षा योजना तथा प्रशासन सम्वन्धी तालिमको उद्घाटन गर्देै उहाँले अब अनुसन्धानमुलक शैक्षिक संस्थामात्रै केन्द्र वा प्रदेश स्तरमा हुनुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री पोखरेलले नीतिलाइ दोष देखाएर उम्किन नमिल्ने भन्दै प्रयोग कसरी गरीन्छ भन्नेकुरा प्रमुख हुने बताउनु भयो ।
उँहाले शिक्षामा राजनीतिकरण भयो भनेर समस्या नदेखाउन र आफै समस्या समाधान गर्न पनि क्याम्पस प्रमुखहरूलाइ निर्देशन दिनुभयो । उहाले राजतितिको नाममा स्वार्थ हावि हुदा समस्या भएको बताउदै राजनिती विनाको शिक्षा परीकल्पना गर्न नसकिने बताउनु भयो । क्याम्पस प्रमुखहरुको प्रशासनिक तथा व्यबहारीक तथा द्धन्द्ध व्यबस्थापनमा क्षमता अभिवृद्धी गरी पुनताजकिकरण गर्नका लागी शिक्षा बिकाश तथा अनुसन्धान केन्द्रले गरेको कार्यक्रमको उद्घाटन समारोहमा सांसद् सुजाता शाक्य,बोैद्द विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्य,प्रदेश ५ का योजना आयोगका उपाध्यक्ष इश्वर गोैतम, नेपाल प्राध्यापक संघका अध्यक्ष प्रा.डा बुद्दबहादुर थापा, महासचिव केशव शर्मा, प्रा.डा.आनन्दमान सिंह, प्रा रामलाल श्रेष्ठ डा.सुरेन्द्र गिरी, डा.ताराप्रसाद उपाध्याय तिलोत्तमा नगर प्रमुख वाशुदेव घिमिरे लगायतले बोल्दै राज्यले खोज अनुसन्धान मा जोड दिनुपर्ने बताएका छन् । उनि हरुले सकारात्मक सोचका साथ शिक्षाको सुधारमा अगाडि बढ्न आग्रह गरेका थिए । उनिहरुले स्थानिय र प्रदेशको शैक्षिक विकासका लागि खोज अनुशन्धानका आ आप्नै तहबाट गर्नु पर्नेमा जोड दिदै त्यस अनुसन्धाको जिम्मा विश्व विधालयको अनुसन्धान केन्द्रलाई दिनुपर्ने भन्दै कमभन्दा कम खर्चमा काम गर्न आफुहरु त्यार रहेको बताए । भुटेको मकै खाएर काम गर्न तयार रहेकोे भन्दै अवसर दिन आग्रह गरेका थिऐ । कार्यक्रम इन्दीरा पन्तको संचालन तथा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक डा. सुरेन्द्र गरीको अध्यक्षतामा भएको हो ।
रूपन्देहीको तिलोत्तमा एकमा रहेको द एस आर होटल मा शुरूपच्चिम नेपालका क्याम्पस प्रमुखहरुको उक्त तालिम पाँच दिनसम्म चल्नेछ । आजको तालिममा बिषय विज्ञहरु प्राध्यापक हरी लम्साल, प्रा डा हेमराज ढकाल, प्रा डा मन प्रसाद वाग्ले हरी उपाध्यायले सहजि करण गर्नु भएको थियो । कार्यक्रममा पच्चिम नेपालका चालिस क्याम्पसका क्याम्पस प्रमुखहरु र नेपालका प्रतिष्ठित शिक्षा विदहरुको सहभागिता रहेको छ । भोलिको तालिममा प्रा.डा मनप्रसाद वाग्ले डा.प्रमोद भट्ट, प्रा.डा बेदराज आचार्य डा. सुरेन्द्र गिरी, सह प्राध्यापक पशुपति अधिकारी, श्रीधर लामिछानेले सहजिकरण गर्नुहुने कार्यक्रम रहेको छ ।