बुटवल उपमहानगरमा संस्थागत विद्यालयको शुल्क निर्धारण

बुटवल उपमहानगरमा अर्को नमुना काम
बुटवल । बुटवल उपमहानरगपालिकाले उपमहानगर अन्तर्गत रहेका संस्थागत निजी तथा आवासीय विद्यालयका लागि शुल्कको दररेट निर्धारण गरेको छ । शिक्षा समितिको हालै बसेको बैठकले सर्वपक्षीय छलफलका आधारमा शुल्क निर्धारण गरेको हो ।
उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीका अनुसार बुटवलका १९ वटै वडामा सञ्चालित संस्थागत विद्यालयलाई वर्गिकरणका आधारमा उनीहरुले विद्यार्थीबाट उठाउने शुल्क निर्धारण गरि लागु समेत भइसकेको छ । उहाँले यहाँका सबै विद्यालयहरुले उपमहानगरले तोके बमोजिमको शुल्क समायोजनासमेत गरिसकेको बताउनुभयो ।
चालु शैक्षिक सत्र २०७६ मा शुल्क निर्धारण शुल्क निर्धारण सिफारिस समितिबाट सिफारिस भए बमोजिम तोकि कार्यान्वयन समेत भइसकेको उपमहानगरका शिक्षा तथा जनशंख्या महाशाखा प्रमुख उपसचिव मित्रमणि खनालले जानकारी दिनुभयो ।
बुटवलमा संस्थागत विद्यालयहरुलाई तीन श्रेणीमा विभाजन गरिएको छ । जसअनुसार क, ख र ग श्रेणीका विद्यालयले कक्षागत आधारमा अलग–अलग शुल्क उठाउन पाउने छन् । विद्यार्थी भर्नाको शुल्क भने एउटै तोकिएको छ ।
महाशाखा प्रमुख खनालका अनुसार ‘क’ श्रेणीको विद्यालयले पूर्वप्राविमा एक हजार आठ सय ४५, प्राविमा दुई हजार ५० तथा निमाविमा दुई हजार चार सय ४३ र माविमा तीन हजार एक सय ८० रुपैयाँ मासिक शुल्क उठाउने छन् । यो भन्दा धेरै शुल्क उठाएको पाइएमा कानुनी कारवाही गर्नेगरी उपमहानगरले संयन्त्रसमेत बनाइसकेको छ ।
यस्तै ‘ख’ श्रेणीको विद्यालयले पूर्वप्राविमा एक हजार पाँच सय आठ, प्राविमा एक हजार छ सय ७६ तथा निमाविमा एक हजार नौ सय ७० र माविमा दुई हजार पाँच सय ९७ रुपैयाँ मासिक शुल्क निर्धारण गरिएको छ ।
‘ग’ श्रेणीको विद्यालयले पूर्वप्राविमा एक हजार तीन सय ३०, प्राविमा एक हजार चार सय ७८ तथा निमाविमा एक हजार सात सय ४९ र माविमा दुई हजार तीन सय २५ रुपैयाँ मासिक शुल्क निर्धारण भइ कार्यान्वयन भइसकेको छ । बुटवलले कम्प्युटर कक्षाका लागि पनि शुल्क निर्धारण गरेको छ । जस्मा बढिमा तीन सय ७५ रुपैयाँ र कक्षा शिक्षण सिकाईमा डिभाइस जडान गरी उपयुक्त सफ्टवेयरमा दुई विषयसम्म पढाउँदाको बढिमा एक सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
प्रचलित शिक्षा ऐन तथा नियमावली अनुसार संस्थागत विद्यालय वर्गिकरण प्रक्रिया अगाडि बढाई नियमानुसार आवश्यक निर्णयका लागि पेश गर्न संस्थागत विद्यालय वर्गिकरण सिफारिस समितिलाई निर्देशन दिइएको महाशाखा प्रमुख खनालले बताउनुभयो । यसअघि जिल्ला शिक्षा कार्यालयले संस्थागत विद्यालयको श्रेणी निर्धारण गरेको थियो । त्यसमा पुनर्विचार गर्दै नयाँ संवैधानिक मापदण्ड अनुरुप वर्गिकरण गर्ने काम भइरहेको छ ।
बुटवलमा बालविकास देखि कक्षा १२ सम्म सञ्चालनमा रहेकोसमेत गरी ५६ वटा संस्थागत विद्यालयहरु सञ्चालनमा छन् । यी सबै विद्यालयमा पूर्व प्राथमिक, आधारभूत तह ९कक्षा १–५०, आधारभूत निमावि ९कक्षा ६–८०, मावि तह ९कक्षा ९–१०० र मावि तह ९कक्षा ११–१२० मा गरी ३६ हजार दुई सय ९२ विद्यार्थीहरु अध्यय्नरत रहेको उपमहानगरका शिक्षा शाखाका अधिकृत टिकाराम पन्थीले जानकारी दिनुभयो ।
बुटवलमा सामुदायिक विद्यालयको संख्या ३८ रहेको छ । यहाँ मदरसा तीन, गुरुकुल एक, खुला विद्यालय एक, सामुदायिक सिकाई केन्द्र पाँच र बाल विकास केन्द्र ६१ रहेका छन् । सामुदायिक तर्फका सबै तहमा अध्यय्न गर्ने विद्यार्थीको संख्या भने २१ हजार दुई सय १५ रहेको छ ।
कर्मचारीलाई शैक्षिक सूचना व्यवस्थापन र शिक्षकलाई आइसीटी तालिम
बुटवलले संस्थागत विद्यालयका कर्मचारीहरुका लागि शैक्षिक सूचना व्यवस्थापन प्रणालीसम्बन्धी तालिम सञ्चालन गर्न लागेको छ भने सामुदायिक विद्यालयका शिक्षकहरुका लागि आइसीटी तालिमलाई निरन्तरता दिने भएको छ ।
बुटवलले सामुदायिक विद्यालयहरुमा ई–हाजिरी व्यवस्था गर्न चालु आ।ब २०७६÷०७७ विभिन्न १२ वटा विद्यालयका लागि प्रति विद्यालय २० हजारका दरले शैक्षिक बिकास कोषबाट सहयोग गर्ने निर्णय गरिएको शिक्षा मशाखाले जनाएको छ । बुटवलले दरवन्दी न्यून भएका विद्यालयहरुका लागि शैक्षिक बिकास कोषबाट संघीय सरकारले निर्धारण गरेको स्केल बमोजिमको शिक्षक व्यवस्थापन अनुदानसमेत उपलब्ध गराउने भएको छ ।
विद्यालयलाई इन्टरनेट सुविधा र विभिन्न अनुदान
बुटवल उपमहानगरपालिका अन्तर्गत संचालित १७ वटा आधारभूत विद्यालयहरुका लागि इन्टरनेट सेवा शुल्क भुक्तानीका लागि प्रति विद्यालय १२ हजारका दरले अनुदान दिने भएको छ । यस्तै सुर्योदय प्राथमिक विद्यालय बुटवल ११ का लागि बाउण्ड्री ९तारबार० निर्माणका लागि रु १० लाख, मायादेवी जनजागृती प्रा।वि। बुटवल ११ लाई बाउण्ड्री निर्माण गर्न रु १० लाख, नहरपुर माविलाई बाउण्ड्री निर्माण गर्न रु १४ लाख ७० हजार अनुदान दिनेभएको छ । यसैगरी सहिदस्मृती प्रावि बुटवल ११ लाई दुई कोठे भवन ९ट्रस० निर्माणका लागि रु १० लाख रुपैयाँ र मैनावगर प्रावि मैनावगरमा अध्यय्न गर्ने बालबालिकाहरुका लागि ड्रेस व्यवस्थापन गर्न रु ७० हजार रुपैयाँ अनुदान दिने निर्णय भएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
सबै विद्यालयका शिक्षाको एउटै पोशाक
सामुदायिक विद्यालय र संस्थागत विद्यालयका शिक्षकहरूको एउटै ड्रेस व्यवस्थापन गर्न ड्रेस कोड व्यवस्थापन समिति गठन भई काम अन्तिम चरणमा पुगेको छ । प्रत्येक सामुदायिक विद्यालयहरूमा कक्षा १, २ र ३ मा बुक कर्नर हाम्रो पहिचान भन्ने नारालाई सार्थकता प्रदान गरिएको छ । यसको प्रभाव सकारात्मक देखिएको छ ।
आफ्नै स्थानीय पाठ्यक्रम
बुटवलले स्थानीय पाठ्यक्रम तयार पारेको छ । यो पाठ्यक्रम आउँदो शैक्षिक सत्रदेखि लागु हुने छ । पाठ्यक्रमको सबैखाले ढाँचा तयार भइ अहिले अन्तिम छपाइको तयारीमा रहेको छ । बालबालिकालाई स्थानीय मौलिकता, संस्कृति र सभ्यताका बारेमा चिनाउने गरी स्थानीय पाठ्यक्रम तयार पारेको हो । देशभरका शिक्षाविज्ञहरुलाई बुटवलमा जुटाएर शैक्षिक संगोष्ठि गर्ने र स्थानीय पाठ्यक्रम तयार पार्ने स्थानीय तहमा बुटवल नमुना मानिएको छ ।
प्रअसंग कार्यसम्पादन करार सम्झौता
यस्तै बुटवलले शिक्षाको गुणस्तर विकासका लागि सबै सामुदायिक विद्यालयहरूका प्रधानाध्यापकहरूसँग ३२ बुँदे कार्यसम्पादन करार सम्झौता गरेको छ । सोही सम्झौताका आधारमा अनुगमन गर्न उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा रहेको अनुगमन समितिले अनुगमनका कामहरुसमेत शुरू गरिसकेको छ ।
नगरको शिक्षा व्यवस्थित गर्न, नगर शिक्षा योजना निर्माण कार्यदल स्थानीय पाठ्यक्रम निर्माण कार्यदल र कक्षा ११÷१२ मा सीपसँग सम्बन्धित विषयको पाठ्यक्रम व्यवस्थापन गर्न शैक्षिक संगोष्ठी गर्ने पहिलो स्थानीय तह बुटवल नै हो । बुटवलले नगर शिक्षा समिति, परीक्षा समन्वय समिति र परीक्षा व्यवस्थापन समिति गठन गरी व्यवस्थित कामको सुरुआत गरेको छ

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.