पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेका छौं स् मन्त्री नेम्वाङ

 

ताप्लेजुङ  पुष । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार
नेम्बाङले पूर्वाधार विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम
भइरहेको बताउनु भएको छ । बुधबार विहान ताप्लेजुङका ४ ओटा महत्वपूर्ण
सडकको अनुगमनपछि एक कार्यक्रमको सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।
उत्तर–दक्षिण कोरीडोरलाई सरकारले उच्च प्राथमिकतामा राखेको समेत बताउनु
भएको छ । मन्त्री नेम्वाङले चर्चित धार्मिक स्थल पाथीभरा जाने बाटो
ताप्लेजुङका सुकेटार–पाथिभरा सडक खण्ड, दोभान–ढुगेंसाघु–वसन्तपुर
९मदनभण्डारी राजमार्ग० सडकखण्ड, सदरमुकाम फुङ्लीङ बाइपा र
ताप्लेजुङ–ओलाङ्चुङगोला हुँदै तिव्वत जोड्नेको अनुगमन गर्नु भएको हो ।
उहाँले प्रधानमन्त्री केपी शर्माओली पहिलो पटक प्रधानमन्त्री हुनु
भएकोबेला ताप्लेजुङ भ्रमणका बेला सुकेटार विमानस्थल, पाथिभरा, तमोर
कोरीडोर र मदनभण्डारी राजमार्गलाई चासोको रुपमा लिएकोसमेत स्मरण गराउनु
भयो । उहाँले सरकारले समृद्ध नेपाल, सुखि नेपालीको नारालाई साकार पार्दे
विकासलाई प्राथमिकता दिएको उल्लेख गर्नु भएको छ । नेम्वाङले पूर्वाधार
विकासलाई सरकाले प्राथमिकतामा राखेर काम गरिहेको समेत जानकारी दिनुभयो ।
उहाँले आफ्ना मन्त्रालय मातहतका कार्यालय अनुगमन गरि समयमै काम सक्न
निर्देशन समेत दिनु भएको छ । मन्त्री नेम्वाङसँगै सचिव देबेन्द्र कार्की,
मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य घनश्याम खतिवडा, सडक
विभागका महानिर्देशक केशवकुमार शर्मा, १ नम्बर सडक डिभिजन कार्यालय
प्रमुख रामप्रसाद पोखरेल, संविधान सभा सदस्य भुपेन्द्र थेवे, ताप्लेजुङका
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, पत्रकार र स्थानीयले उक्त
सडकहरुको अनुगमनमा सहभागी हुनु भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.