सैनामैना औद्योगिक व्यापार महोत्सव सुरु पर्यटन प्रबद्र्धन र कृषि विकासमा टेवा पुग्ने दाबी

 


सैनामैना, पुस । रुपन्देहीको सैनामैनामा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७६ सुरु भएको छ । सैनामैना उद्योग वाणिज्य संघको आयोजनामा बिहीबारदेखि सुरु भएको महोत्सव आगामी माघ ६ गते सम्म चल्ने छ ।
सैनामैना–४ स्थित रंगशालामा सुरु भएको महोत्सवको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले उद्घाटन गर्नुभयो । उहाँले महोत्सवले पर्यटन प्रवद्र्धन र कृषि क्षेत्रको विकासमा टेवा पु¥याउने आशा गरिएको बताउँदै नगरपालिकाको योजनामा निजी क्षेत्रले गरेको सहकार्यको सराहना गर्नुभयो ।
मेला महोत्सवहरु रमाइलो गर्नका लागि भन्दा पनि अर्थतन्त्रलाई चलायमान बनाउने कुरामा केन्द्रित हुनु्पर्ने भन्दै उहाँले सैनामैनाको बुद्धकालीन सभ्यतालाई संरक्षण र सम्बद्र्धन गर्ने काममा नगरपालिका केन्द्रित रहेको बताउनुभयो । उहाँले नगरपालिकाको योजनामा निजी क्षेत्रले पनि सहकार्य गर्न जरुरी रहेको भन्दै जल पर्यटनको सम्भावनालाई साकार पार्न निजी क्षेत्रसंग सहकार्य गरिने बताउनुभयो ।
उहाँले नगरपालिकाले समग्र नगरको गुरुयोजना निर्माण गरेर कार्य अघि वढाइने जानकारी दिदै अव्यवस्थित बसोवासको समस्यालाई पनि सम्वोधन गरिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा कांग्रेसका जिल्ला उपसभापति फणिन्द्रप्रसाद शर्माले सैनामैना महोत्सव सैनामैनाको गौरव भएको उल्लेख गर्दै सफल पार्न सबैले सहकार्य गर्नु पर्ने बताउनुभयो । महोत्सवले यस क्षेत्रको ब्यपार, व्यवासय तथा स्थानिय कला संस्कृति झल्काउने विस्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पाँच नम्बर प्रदेश कमिटीका सदस्य भूमिलाल सापकोटा, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा बुटवल उवासंघका पूर्व अध्यक्ष सुरेन्द्र श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, सल्लाहकार तथा मूल्यांकन समितिका संयोजक खुशीराम चौधरीलगायतले बोल्दै महोत्सवको सफलताको कामना गर्नुभयो ।
मेलाको उदुघटनका अवसरमा संघका अध्यक्ष राजबहादुर क्षेत्रीेले सैनामैनाको कृषि, पर्यटन तथा उद्योग र व्यापारको महत्वलाई महोत्सवमार्फत उजागार गरिने बताउनुभयो । उहाँले सैनामैनाको विकासका लागि निजी क्षेत्रले सरकारसंग सहकार्य गर्न तयार रहेको भन्दै लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष क्षेत्रीले मेलामा बुद्धकालिन सभ्यताको उजागर, पर्यटकीय क्षेत्रको पहिचान सँगसँगै स्थानिय स्तरमा उत्पादन भएका कृषि, हस्तकला लगायतलाई प्रथामिकता दिइएको बताउनुभयो ।
सैनामैनालाई बुद्धकालीन ऐतिहासिक तथा प्राचिन सहरको रुपमा मानिन्छ । मेलामा दुई लाख ५० हजार दर्शकलाई अवलोकन गराउने र पाँच करोडको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ । मेलामा स्थानीय कृषि उत्पादन, हस्तकला र पर्यटन प्रबद्र्धनलाई प्राथमिकता दिइएको महोत्सवका सदस्य सचिव तथा संघका महासचिव दीपक अधिकारीले बताउनुभयो ।
पर्यटन र कृषिलाई विशेष प्राथमिकता
रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ४ स्थित मुर्गियामा लाग्ने महोत्सवमा पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिइएको छ । सैनामैनामा बौद्धकालीन सभ्यतासँग जोडिएको पुरातात्विक भग्नावशेषका रुपमा ठुलो राजा कँुवा, रानिकुँवा र बुद्धसँग सम्वन्धित भग्नावशेष सैनामैना १ वनकट्टामा रहेको विषयलाई मेलामा पर्यटकीय स्थलको रुपमा स्टल राखिएको छ भने कृषिसँग र हस्तकलाका स्टल समेत मेलामा छ ।
जनचेतना ¥यालीमा भव्य सहभागिता
केही दिन यता मौसम प्रतिकुल भइरहेको छ । चिसो समयमा परेको झरीले जनजीवन कष्टकर भइरहेको छ । तर, सैनामैनामा भने महोत्सवको उद्घाटनमा टोलटोलबाट जनताको सहभागिता रह्यो । आ–आफ्ना पोशाक, भेषभुषा र प्लेकार्ड तथा व्यानरसहित सैनामैनाको पूर्व र पश्चिम दुबैतर्फबाट हजारौं समुदाय ¥यालीमा सहभागी भएका थिए । जनचेतना ¥यालीमा जनसहभागिता धेरै भएपछि आयोजकहरु उत्साही भएका थिए ।
जनचेतना ¥यालीको संयोजन गर्नुभएका संघका कार्यसमिति सदस्य तथा समितिका संयोजक चामबहादुर क्षेत्रीका अनुसार सैनामैनाका सबै ११ वटै वडाबाट उत्साहजनक सहभागिता भएको थियो । उनीहरुलाई उत्कृष्टताका आधारमा नगदसहित सम्मानसमेत गरिएको थियो ।
यसैबिच मेला उद्घाटन अघि निकालिएको ¥यालीमा पश्चिम तर्फबाट रामपुर मावि प्रथम, गुरुङ राष्ट्रिय परिषद् द्वितीय, नेपाल मगर संघ सैनामैना द्धितीय भएका छन् । यसैगरी पुर्वतर्फबाट क्षेत्री समाज नेपाल सैनामैना प्रथम, अस्नैया आमा समुह द्वितीय, नेपाल मगर संघ सैनामैना तृतिय भएको मुल्यांकन समितीका संयोजक खुसीराम चौधरीले जानकारी दिनुभयो । उत्कृष्ट संघ संस्थाहरुलाई नगदसहित सम्मान गरिएको ¥याली व्यवस्थापन संयोजक चामबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
‘आर्थिक विकासका राष्ट्रिय आधार ः कृषि पर्यटन उद्योग र व्यापार भन्ने’ भन्ने मुल नाराका साथ संचालन भएको मेलामा दुई सय २० स्टल रहेका छन् । मेलामा शुक्रबार रािष्ट्रय कलाकारहरु गायक विष्णु खत्री, राजेन्द्र कंडेल गायिका विष्णु श्रीपाली गायक बिक्रम बाबु विक, मदन पौडेल लगायत स्थानिय कलाकारहरुको प्रस्तुति रहने साँस्कृतिक संयोजक हिमाल गैरेले जानकारी दिनुभयो । यसैगरी शुक्रबार देखी नै सैनामैना डान्सिङ आइडल दोस्रो चरणको अडिसन र मम्मी डान्स समेत हुनेछन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.