मालुङ्गा रुपन्देहि सम्पर्क समाजको अधिवेशन सम्पन्न ,समाजको अध्यक्षमा रामप्रसाद वस्याल

 

मालुङ्गा रुपन्देहि सम्पर्क समाजको अधिवेशन सम्पन्न
स्याङ्जा मालुङ्गा रुपन्देहि सम्पर्क समाजको अध्यक्षमा रामप्रसाद वस्या

 

 

बुटवल,पुष २४

स्याङ्जा मालुङ्गा रुपन्देहि सम्पर्क समाज रुपन्देहिको प्रथम साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । प्रथम अबिधेशनले रामप्रसाद वस्यालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा बेणीमाधव तिवारी सचिव सुन्दर भण्डारी, कोषध्यक्ष टेकनाथ बस्याल राजु,सह सचिव विन्दु वस्याल,सदस्यहरुमा तुल्सीराम बस्याल,भगवति वस्याल,तिलक प्रसाद वस्याल,रामचन्द्र वस्याल,टिकाराम वस्याल अर्जुन,शेषनारायण बस्याल,सोभाखर भण्डारी,बिकास भण्डारी,कार्यक्रम तिलोत्तमा एक ड्रभरटोल स्थीत द एस आर होटलमा भएको कार्यक्रम राम प्रसाद बस्यालको अध्यक्षता तथा उपाध्यक्ष वेणीमाधव तिवारीको स्वागतमा भएको कार्यक्रममा जेष्ठनागरीक चक्रपाणि वस्याल लाई सम्मान गरीएको थियो । साथै मृगौला रोगबाट पिडित बिरामि नारायण प्रसाद वस्याल लाई आर्थिक सहयोग गरीएको थियो ।कार्यक्रममा सचिव सुन्दर भण्डारीद्धारा प्रगति प्रतिबेदन तथा कोषाध्यक्ष टेकनाथ बस्याल आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष रामप्रसाद वस्यालले कार्यक्रमको उद्धेश्यको बारेमा प्रकास पार्नुभएको थियो । कार्यक्रममा मणीप्रसाद बस्याल लोकनाथ बस्याल, विन्दु बस्याल शंकर बस्याल,बेणिमाधव तिवारी पुर्व कर्नेल राजु पाण्डे लगाएतले बोल्दै समाजले गरेका सामाजिक कामको प्रसंसा गर्दै आगामि दिनमा पनि संस्थाले अझबढी जन्मभुमिकोे बिकासमा र सम्पर्क समाजका सदस्य हरुको समस्यामा एक भएर सहयोग गर्न आग्रह गरेका थिय ।

स्याङ्जाको मालुङ्गा स्थाइ घरभै हाल स्थाइ तथा अस्थाई रुपमा रुपमा रुपन्देहिमा बसोबासगर्दै आएका बासिन्दा हरु सदस्य रहने ब्यवस्था गरेकोे रहेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.