बुटवल भाषा साहित्यगोष्ठी सम्पन्न १३ भाषामा पाचदर्जन सर्जक हरुले गरे रचना बाचन

 

बुटवल भाषा साहित्यगोष्ठी सम्पन्न
१३ भाषामा पाचदर्जन सर्जक हरुले गरे रचना बाचन
केशब भण्डारी
बुटवल माघ,पाँच
बुटवल उपमहानगर पालिका र प्रश्रित प्रतिष्ठान नेपाल को संयुक्त आयोजनामा बुटवल भाषा साहित्य गोष्ठी सम्पन्न भएको छ । दुई सत्रमा गरीएको कार्यक्रमको पहिलो सत्र बुटवल उपमहानगर पालिकाका प्रमुख सिवराज सुबेदिको अध्यक्षता साहित्यकार प्राज्ञ बँुदरानाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा प्रा.डा कपिलदेव लामिछानेले प्रदेश पाचको भाषिक अवस्था विषयक कार्यपत्र तथा सह,प्राध्यापक सालिकराम पौडेलले रुपन्देहिको नेपालि साहित्य विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । प्रदेश पाँचको भाषिक अबस्था कार्यपत्रमाथि बालकृष्ण भट्टराइ र रुपन्देहिको नेपालि साहित्य माथि राजु भुसाले टिप्पणी गर्नु भएको थियो । कार्यक्रमा बोल्दै बुटबल उपमहानगर पालिका प्रमुख शिवराज सुवेदिले भाषा साहित्य कला संस्कृतिको संरक्षण बाट मात्रै मुलुक समृद्ध बन्ने बताउनु भयो । उहाँले हिजोको साहित्यले राजनितिक परीबर्तनमा अहम् भुमिका खेलेको बताउदै अवको सहीत्यले समाजको आर्थिक समाजीक संस्कार जनचेतनाको पक्षमा लेखिनु पर्ने बताउनु भयो । उहाले समाज परीबर्तमा साहित्यकारले खेलेको भुमिका लाई आफुले सम्मन गरीरहने बताउदै बुटवल उपमहानगर पालिकाले भाषा साहित्यको संरक्षण र विकासमा सदै लागीरहने प्रतिबद्धता समेत जनाउनु भयो ।
कार्यक्रमा बोल्दै प्राज्ञ सहात्यिकार बुदराना सहत्यिको संरक्षणमा यसप्रकारको कार्यक्रम ले टेबा पूराउने भन्दै पहिलो पटक साहित्यकार ले सम्मानको अनुभुति गरेको बताउनु भयो । कार्यक्रमको दोस्रो सत्रमा रुपन्देहिका पाँच दर्जन बढी साहित्यकार हरुले बिभिन्न तेह् भाषामा साहित्यीक रचना बाचन गरेका थिय । साहित्यकार हरुले देशको बर्तमान अवस्था राजनैतिक परीवेश भष्ट्रचार सिमा अतिक्रमण लगायतका विषयमा रचना प्रस्तुती गरेका थिय । कार्यक्रमको दोस्रो सत्रमा प्रश्रित प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष प्राध्यापक डाक्टर कपिलदेव लामिछाने को अध्यक्षता प्राज्ञ बुदरानाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा बुटबल उपमहानगर पालिकाकि उपमेयर गुमादेवि आचार्य आश्रीत प्रतिष्डानका संस्थापक अध्यक्ष देवेन्द्र घिमिरे कार्यक्रम संयोजक प्रा.डा नारायण प्रसाद पन्थ बालकृष्ण भट्टराइ,लगाएतले बोल्दै सहित्य समाजको एैना भएको भन्दै यसको संरक्षण गर्न सवैले चासो राख्नुपर्ने बताउनु भयो । कार्यक्रममा साहित्यकार रुद्र ज्ञवालि,रमेस समर्थन,कविराज पौडेल,लक्ष्मण ज्ञवाली,विजु पछाई,हरीप्रसाद भण्डारी मोहन मरासिनी,शिला हरीजन,शशि पन्थी,नारायण प्रसाद बेल्वासे,राजेन्द्र कुमार आर्चाय,सध्या क्षेत्री,हिरालाल धामि,देवि न्यौपाने,कृष्णप्रसाद बस्याल,लगायतलेका पाँच दर्जन श्रष्ठा हरुले बिभिन्न भाषमा कविता,गित,गजल,मुक्तक प्रस्तुत गरेका थिय । कार्यक्रम संयोजक प्रा.डा नारायण प्रसाद पन्थको संचालन बालकृष्ण भट्टराइको स्वागतमा सम्पन्न भएको थियो । सहभागी सहत्यिक श्रष्ठालाई प्रोत्सान स्वरुप आयोजकले पाच सय रुपिया उपलब्ध गराएका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.