समाज परिवर्तना युवाहरुको भुमिका महत्वपुर्ण हुने , घिमिरे

 

भगवती न्यौपाने कपिलवस्तु
समृद्ध नेपाल सुखि नेपाली बनाउन युवाहरुको ठुलो भुमिका रहने राष्ट्रिय सभा सदस्य विमला घिमिरेले बताउनु भएको छ । कपिलवस्तु जेसिज २० औ पदस्थापना तथा पद हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्य घिमिरेले देशको भविष्य युवाहरुको हातमा रहेको बताउनु भएको हो । राष्ट्रको संरचना राम्रो बनाउन युवाको व्यक्तिगत चिन्तन गर्ने सोचको संरचना बदल्न आवश्यक रहेको उहाँले तर्क गर्नु भयो । राष्ट्रिय सभा सदस्य घिमिरेले युवाहरु राष्ट्र र राष्ट्रियताको भावना जगाउन जेसिजको ठुलो भुमिका रहने बताउनु भयो । कपिलवस्तु जिल्ला पर्यटनको प्रचुर सम्भावना भएको हुदा प्रदेशको राजधानी कपिलवस्तु हुनु पर्ने बताउनु भयो ।
संविधान सभा सदस्य तथा नेकपा प्रदेश पाँचका कार्यलय सचिव बलाराम अधिकारीले युवाहरुले नितिगत संस्कार सिकाउने, सामाजिक, नैतिक क्षेत्रमा सहयोग गर्ने कामको अगुवाई गर्नुपर्ने तर्क गर्नु भयो । उहाँले व्यक्तिगत जिवनमा जेसिजले नेतृत्व र व्यक्तिगत विकास गर्न ठुलो टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।जेसिज वर्ष २०१९ का खुमानन्द घिमिरेको अध्यक्षता,कार्यक्रम संयोजक (सि.के) को स्वागत मनतव्यमा भएको कार्यक्रमको संञ्चालन सुनिल पाण्डेले गर्नु भएको थियो । जेसिज वर्ष २०१९ का अध्यक्ष घिमिरेले मानविय सहयोग नै ठुलो सेवा भन्ने उदेश्यले मायाको चिनो खर्च गर्ने पैसाले तीन जना मिगौला पिडितलाई सहयोग गरेको बताउनुभयो । कार्यक्रममा जेसिस वर्ष २०२० का अध्यक्ष मनोज कुमार क्षेत्रिले पदभार ग्रहण गर्दै २०२०मा वर्ष भरि जेसिजले गर्ने कार्यक्रमको बारेमा जानकारी प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल जेसिजका कार्यकरणी केन्द्रिय उपाध्यक्ष रमेश चन्द भुषाल, कपिलवस्तु जेसिजका अध्यक्ष,२०१९ का निर्वाचन संयोजक किरण राज अर्याल, पुर्व अध्यक्ष पोष्टराज गौतम,यज्ञ प्रसाद भट्टराई, शिद्धार्थनगर जेसिज वर्ष २०१९ का अध्यक्ष सन्तोष घिमिरे, महासचिव प्रविन पौडेल लगायतले बोल्नु भएको थियो। कार्यक्रम कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलख बाहादुर पर्छाई, पूर्व अध्यक्ष दोणराज सुवेदी, पूर्व अध्यक्ष सुन्दर पाण्डे विभिन्न संघ सस्थाका प्रतिनिधी लगायतका बुद्धि जिविहरुको उपस्थित रहेको थियो । यस वर्षको मुल नारा संसार बदल्न मानसिकता बदलौ रहेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.