कृषि उद्यमसँग जोडेर समृद्ध बनाउन सरकारले योजना ल्याउने तयारी,मन्त्री घनश्याम भुसाल

 

 

 

भैरहवा– कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले मधेसको केही क्षेत्रको अवस्था अहिले पनि कर्णालीभन्दा कमजोर रहेको बताएका छन्।

भैरहवामा लुम्बिनी प्रेस क्लबद्वारा निर्माणाधिन भवनको शिलन्यास गर्दै उनले भने, “हाम्रो कोर मधेसमा अहिले पनि मानिसहरू बिहान–बेलुकाको खाना खान पनि दिनरात मजुदूरी गर्ने अवस्थामा छन्।”

कृषिको उर्वरभूमि मधेसका जनतालाई कृषि उद्यमसँग जोडेर समृद्ध बनाउन सरकारले योजना ल्याउन तयारी गरीरहेको पनि बताए। बौद्धिक, प्राज्ञिक हिसाबले अगाडि बढ्ने जमातलाई पनि सरकारले सहयोगमा प्राथमिकताका साथ अगाडि बढाउने उनको भनाइ छ। कृषि श्रमलाई उद्योगसँग जोड्न जरुरी रहेको बताउँदै उनले नयाँ पुस्तालाई कृषिसँग जोडेर लैजाने पनि बताए। उनले भने, “हाम्रा छोराछोरीलाई कृषिमा आर्कषित गर्ने गरी योजना बनाइ रहेको पनि बताए । मान्छेको उत्पादक क्षमता विकास गर्न हामी लागिरहेका छौं।”उनले केही दिनमै मन्त्रालयको योजनासहित सार्वजनिक हुने बताउँदै भने, “करिब ६० वर्षको कृषिले नगरेको काम के हो भनी मैले बुझे। म अब खुट्टाले टेकेको छु। केही दिनमा देखिने गरी कामको सुरुवात हुन्छ।”उनले कृषिलाई नाफामुखी बनाउने पनि बताए। उनले भने, “अब नाफा आर्जन गर्ने हो भने कृषि क्षेत्रमा लगानी गर्नुस्। तपाईं मेहनत गर्नुस्, उपलब्धि हासिल हुन्छ। सरकार कृषिको व्यवसायीकरणमार्फत समृद्ध नेपालको अभियान सफल पार्न चाहन्छ।”सो अवसरमा प्रदेश सांसद सन्तोष पान्डेले लुम्बिनीको विकासमा यस क्षेत्रमा स्थानीयको जागरुकता महत्त्वपुर्ण भएको बताए। कार्यक्रममा सांसद फकरुदिन खान, पूर्वसभासद् इस्तियाक अहमद खान, रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादव, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद शर्मा, प्रमुख जिल्ला अधिकारी महादेव पन्त, उद्योग व्यापार संगठन रूपन्देहीका अध्यक्ष नारायण भन्डारीलगायतले मन्तव्य राखेका थिय । क्लबका अध्यक्ष दिपेश पछाईले १२ धुर जग्गामा बन्ने ४ तल्लाको अपांगमैत्री भवन समृद्ध लुम्बिनीको लागि कोशे ढुंगा बन्ने बताए।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.