दीप बोर्डिङमा दीप गायन ताराको तयारी पुरा

????????????????????????????????????

 

बुटवल, फागुन–२ ।
बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलले दीप गायन ताराको तयारी पुरा भएको जनाएको छ । दीप बोर्डिङ हाई स्कूलले
पत्रकार सम्मेलन गरेर विद्यालयले रुपन्देही क्षेत्रभित्रका माध्यमिक विद्यालय (कक्षा १० सम्म) मा अध्ययनरत विद्यार्थीहरूको गायन प्रतिभाको खोजी गर्ने उद्देश्यले विद्यालयको ३९ औँ स्थापना दिवसको अवसरमा नवौँ अन्तर मा.वि. जिल्ला स्तरीय दीप गायन तारा प्रतियोगिता यही फागुन ४ र ५ गते गर्ने बताएको छ ।
दुई दिन चल्ने प्रतियोगितामा विना ट्रयाकमा सञ्चालन हुने फागुन ४ गतेको छनोट चरणबाट १५ जना दोस्रो चरणका लागि चयन हुने र ट्रयाक सहित सञ्चालन हुने दोस्रो चरणबाट फागुन ५ गते हुने अन्तिम चरणका लागि १० जना प्रतियोगीहरू छनोट हुने छन् ।
उक्त प्रतियोगितामा प्रथम हुनेले ३० हजारका साथ सिल्ड र प्रमाणपत्र, द्वितीय हुनेले १५ हजारका साथ सिल्ड र प्रमाणपत्र, तृतीय हुनेले १० हजारका साथ सिल्ड र प्रमाणपत्र तथा चतुर्थ हुने २ जनाले दुई÷दुई हजारका साथ सिल्ड र प्रमाण पत्र प्राप्त गर्ने छन् भने अन्तिम चरणमा समावेश यस बाहेकका अन्य ५ जना प्रतिस्पर्धीले समेत १÷१ हजारका साथ प्रमाणपत्र प्राप्त गर्ने र यसै अवसरमा विद्यालयले खेलकुद पत्रकारिता मार्फत् उल्लेख्य योगदान दिनुहुने एक जना पत्रकारलाई नगद रु. १० हजारसहित कदर पत्रका साथ सम्मान गर्ने कार्यक्रम समेत राखेको कुरा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ढोँजूको अध्यक्षता, उपाध्यक्ष उमाकान्त चापागाईं, प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, प्ल टु संयोजक वसन्त कुमार जोशी, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, गायन तारा प्रतियोगिता नवौँ संस्करणका संयोजक विकास हमालको आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपप्राचार्य कलाधर अर्यालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेयले गर्नुभएको थियो ।
प्रतियोगितामा हालसम्म अस्मिता चापागाईं, प्रिया भण्डारी, अक्सर अली, जुना गुरुङ, नविन परियार, दीप्सन श्रेष्ठ, वर्षा परियार र सक्सेस पाण्डे गरी जम्मा आठ जना कलाकार विद्यार्थी दीप गायन तारा बन्न सफल भएका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.