नेपाल भ्रमण बर्ष र लुम्बिनीको शान्तिको सन्देश सहित निमन्त्रणा गर्दै प्रदेश पाँचको सरकारी टोली र पर्यटन व्यवसायीहरु देश दौडाहामा नारायणगढमा लुम्विनी भ्रमणको सन्देश सहित सडक प्रदर्शनी

??

 

केशव भण्डारी
बुटवल । फागुन ५ । नेपाल भ्रमण बर्ष र लुम्बिनीको शान्तिको सन्देश सहित निमन्त्रणा गर्दै प्रदेश पाँचको सरकारी टोली र पर्यटन तथा होटल व्यवसायीहरु देश दौडाहामा निस्केका छन् ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको समन्वयमा लुम्विनी भ्रमण बर्षलाई समेत सफल पार्ने उदेश्यले शुरु भएको अभियानका क्रममा मुख्य शहरहरुमा सडक प्रदर्शनी र अन्तर्कृया गरिने छ ।
अभियानमा तीनवटा टोली बनाएर पूर्व, पश्चिम र उत्तरक्षेत्रलाई केन्द्रीत गर्दै सोमबारबाट निस्केको टोलीले वैशाख पूर्णिमामा हुने लुम्विनी भ्रमण बर्षको समापन समारोहमा सहभागि हुन समेत पर्यटक तथा पर्यटन आवद्ध संघसस्थाहरुलाई आग्रह गर्नेछ ।
पूर्वी क्षेत्रको टोलीले सोमबार नै चितवनको नारायणगढमा लुम्विनी भ्रमणको सन्देश सहित सडक प्रदर्शनी गरेको छ । यस्तै भरतपुर महानगरपालिका र चितवनका होटल तथा पर्यटन व्यसायीसँगको अन्तर्कृया समेत भएको छ ।
त्यस अवसरमा भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपिडित भण्डारीले लुम्बिनी विश्वकै शान्तिको केन्द्र भएको भन्दै भ्रमण बर्ष सफल पार्न सघाउने प्रतिवद्धता जनाउनुभयो । यसैगरी पर्यटन विज्ञ विश्व सुवेदीले लुम्विनी र चितवनको सौराहामा पर्यटक आकर्षित गर्न सहकार्य गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
प्रदेश पाँचका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका अधिकृत रामहरि अर्यालले लुम्विनी भ्रमण बर्षबारे जानकारी गराउँदै प्रदेश सरकारले पर्यटन विस्तारलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले नेपाल भ्रमणमा आउने विदेशी पाहुनले एकपटक लुम्विनी घुम्ने र उनीहरुको बसाई अवधि लम्व्याउने वातावरण बनाउन प्रदेश सरकारले पहल अघि बढाएको पनि जानकारी दिनुभयो ।
होटल व्यवसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दिनेशकुमार जुके ले पर्यटन प्रर्वद्धनबाटै आर्थिक सम्वृद्धिलाई अघि बढाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा होटल व्यवसायी संघका रुपन्देही जिल्ला अध्यक्ष समुन्द्र जिसीले प्रदेश पाँचका पर्यटकीय गन्तव्य र त्यहाँको आतिथ्यताबारे जानकारी गराउँनुभएको थियो । उहाँले प्रदेश पाँचमा बाह्य र आन्तरिक पर्यटकको बसाई सुखद बनाउन स्तरीय होटलहरुको कुनै कमि नभएको पनि उल्लेख गर्नुभयो ।
त्यसअवसरमा होटल व्यवसायी संघ चितवनकी अध्यक्ष शर्मिला न्यौपाने, भरतपुर महानगरका उपसचिव प्रद्युम्न उपाध्याय लगायतले नेपाल भ्रमण बर्ष र लुम्विनी भ्रमण बर्षलाई सफल बनाउन नीजि क्षेत्रले भरपुर पहल गर्नुपर्ने बताउनुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.