दुइ बर्ष भित्र नेपालले बिद्युत आयात गर्ने अबस्था अन्त्य हुने, मुख्यमन्त्री शंकर पोखरेल

बुटवल, फागुन २० । नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन प्रदेश समिति प्रदेश नम्बर पाँचको ११ औं प्रदेश एकता अधिवेशनको सोमबार बुटवलमा सम्पन्न भएको छ । एकता अधिवेशनको को उद्घाटन गदै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बढीमा दुइबर्ष्भित्र नेपालले बिद्युत आयात गर्ने अबस्था अन्त्य हुने बताउनुभएको छ । मुख्यमन्त्री पोखरेलले अब नेपालले बिद्युत निर्यात गर्ने अवस्था आएको बताउनुभयो ।
उहाँले अधिकारका प्रश्नमा केन्द्रित भएपनि कर्तव्यमा केन्द्रित नहुँदा गरिब देश समृद्द हुन नसकेको पनि दावी गर्नुभयो ।
विद्युत खपतको वृद्धिदर गुणात्मक वृद्धि गरी मुलुकलाई समृद्धितर्फ लैजाने बाटोमा जानुपर्ने मुख्यमन्त्री पोखरेलको भनाइ छ । एक वर्ष्भित्र प्रदेश पाँचमा पूर्ण विद्युतीकरण हुने बताउँदै उहाँले यो वर्ष पूर्वी रुकुम बाहेर सबै जिल्लामा विद्युतीकरण हुने जानकारी दिनुभयो । मुख्मन्त्री
पेखरेलले राजनीतिक पार्टीहरु एकीकृत हँुदा कर्मचारी संगठनहरु पनि एकीकृत पनि हुने क्रम चलेको बताउदै प्रदेपाच ले पहिला अग्रसरताका देखाएको भन्दै बधाई ब्यक्त गर्नु भयो ।
राजनीतिक र पेशागत क्षेत्रमा महिला सहभागिता अगाडि आउन नसके पनि प्रदेश पाँच विद्युतको समितिमा महिला नेतृत्वमा अगाडि बढेकोमा खुसी व्यक्त गर्नु भयो ।
मुलुक प्रतिक्रान्तिको दुसचक्रबाट गुर्जिता परिवर्तन आउन लामो समय गुज्रियो को बताउदै उहाले प्रतिक्रान्ती अन्त्य भएको पनि दावि गर्नु भयो । राज्यका विरुद्ध विद्रोह गर्न सिकाइयो कतव्र्यको झान्डा बोक्न नसिकाउदा अहिले पनि उस्तै सिकाइएन त्यसको परीणाम भोग्न परेको बताउनु भयो ।
राज्यलाई धनि बनाउन कर्मचारीको अहम् भुमिका रहने भन्दै राज्य धनिहुदा सुविधा बढदै जाने दावि गर्नु भयो । राज्यलाई धनि बनाउन भुमिका खेलौ । अधिकारका प्रश्नमा केन्द्रित भयो । कतव्यमा केन्द्रित नहुँदा गरिब भयो । अब यो मान्यतालाई स्थापित गर्न सके सुविधा चाहियो भनेर आन्दोलन गर्न पदैन । राज्यको एजेण्डा हरेक तप्कालाई बलियो बनाउदै राज्यलाई बलियो बनाए समाज बदल्न समय लाग्दैन मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।
नेपालको उर्जा क्षेत्र अब सुखद बाटोमा हिडेको बताए । दक्षिण एसियामा पहिलो विद्युत उत्पादन गरे पनि लामो समय नेपाल अध्यारोमा बस्न पाए पनि लोडसेडिङ अन्त्य भएको छ । मैनबत्ती र टुकी बाल्नबाट मुक्त भएका छौ । अब आवश्यकताका आधारमा विद्युत सप्लाई गर्न अवस्थामा पुगे बल्ल लोडसेडिङ अन्त्य भएको हुन्छ उहाले थप्नुभयो ।
लगानी सही ढंगले प्रयोग हुन सकेको नसकेकोमा चिन्ता व्यक्त गदै मुख्यमन्त्री पोखरेलले व्यवहारमा अगाडि बढनका लागि विद्युतका कर्मचारीहरु लाग्न आग्रह गर्नु भयो । उहाले समस्या देखिए प्रदेश सरकार समाधान गर्न तयार को बताउदै लगानि बढीलाग्ने र कम घरधुरी भए प्रदेश सरकारले जनताको घर उज्यालो बनाउन ९० प्रतिशत अनुदानसम्म अनुदान दिएर सोलार भए पनि पुराउने प्रतिबद्धता जनाउनु भयो प्रदेश पाँच विद्युत विकासका विकासले कमजोर भनिए पनि साझा नदी प्रयोग गर्न पाए अगाडि जाने पनि पनि बताउनु भयो । आकिारीक ट्रेडयुनियन नेप्रावि का केन्द्रिय अध्यक्ष रामेश्वर पौडेलले निर्णय भएका कुरा हरु पनि प्रादेशिक प्रमख बाटनै कार्यन्ययन गर्न समस्या परीरहेको बताउनु भयो । हामि कर्मचारीका समस्या लाई राज्यसंग लडेर प्राप्त उपलब्धी लाई कर्मचारीनै असहयोग गर्न नहुने पनि बताउनु भयो । युनियनले समग्र कर्मचारी हकहितकालागी लागी रहेने पनि बताउनु भयो । कर्मचारीलाई दिइएको तारकेट पुरा गरेर उत्कृष्ट बने इपिआर उपलब्ध गराउने पनि प्रतिबद्धता व्यक्त गर्नु भयो । केन्द्रीय सह.संयोजक खगेन्द्र शाहिले आधिकारीक युनियनले कर्मचारीका समस्या समाधानका निम्ती अहोरात्र खटेर काम गरी गरी रहेको बताउदै यसको प्रतिफल कर्मचारी पाईसकेको बताउनु भयो । अव वाकि र थप हकहित सेवा सुविधाका लागी क्रमस समाधान हुने क्रममा रहेको पनि बताउनु भयो । प्रदेश पाँच प्रादेशिक कार्यलयका प्रमुख नवराज सुवेदि नेपाल विधुत प्राधिकरण नेपालगंञ्जका कार्यालय मिनेन्द्र ठाकुर प्रमुख प्रदेश पाँचका सहइन्चार्ज देवेन्द्र सिह बैरागीले लगाएतले बोल्दै सहमतिबाटै नयाँ नेतृत्व चयन हुने बताए । विना बिबाद एकताको सन्देश दिने उनले विश्वास लिए । दैनिक ज्यालादारी संघर्ष समितिका संयोजक नरेन्द्र यादव ज्यालादारी कर्मचारीहरुको व्यवस्थापनका लागि विगतका भएका सहमती कार्यान्वनमा ल्याउन माग गरे । रातदिन न्यून ज्यालामा काम गर्ने कर्मचारीलाई असमान ज्यालाको अन्त्य गर्न आग्रह गरे । समितिका अध्यक्ष कल्पना थापाको अध्यक्षता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको कार्यक्रममा आकिारीक ट्रेडयुनियन नेप्रावि का केन्द्रिय अध्यक्ष रामेश्वर पौडेल ,केन्द्रीय सह.संयोजक खगेन्द्र शाहि , लगायतले बोल्नु भएको थियो । कार्यक्रम सचिव टेक बुढाको संचालनमा भएको कार्यक्रममा अवकास प्राप्त नेप्राविका कर्मचारीलाई सम्मान गरीएको थियो भने प्रदेश पाचका बुटवल ,भैरहवालगायतका चार वितरण केन्द्रलाई सम्मान गरीएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.