बुटवल, फागुन २० । नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन प्रदेश समिति प्रदेश नम्बर पाँचको ११ औं प्रदेश एकता अधिवेशनकोले कल्पना थापाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । आधिकारीक नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन प्रदेश समिति प्रदेश नम्बर पाँचका बुटवलमा सम्पन्न भेलाले आगामि तिन बर्षकालागी निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा यादव प्रसाद ज्ञवाली सचिवमा टेक बुढा कोषाध्यक्षमा कमला पाण्डे रहनु भएको छ यसै गरी सदस्य हरुमा मनोज भण्डारी,फटिक तरामु,दिन बहादुर आचार्य, भुपेन्द्र खनाल ,प्रदिप परीयार,दिनेश आर्चाय,कल्पना ज्ञवालि,विमला अधिकारी,अभिषेक घिमिरे,रमेश थापा,टेकराज शर्मा,लक्ष्मण केसि,टंक बस्याल,जयराम भट्टराई रहनु भएको छ । अन्य तिनजना कार्यसमितिले मनोनित गर्ने अध्यक्ष कल्पना थापाले जानाकारी दिनु भयो । अधिवेशनले २३ जना केन्द्रिय प्रतिनिधि समेत निर्विरोध निर्वाचित गरेको छ । अगामि चैत्र ६र ७ गते ट्रेडयुनियन नेप्रावि का केन्द्रिय महाधिवेशन ह’दै छ । निर्वाचन पछि आकिारीक ट्रेडयुनियन नेप्रावि का केन्द्रिय अध्यक्ष रामेश्वर पौडेलले नव निर्वाचित हरुलाइ बधाई दिदै राष्ट्र निर्माणमा कर्मचारीको भुमिका महत्व अझ बढी रहने भन्दै आफुलाई बदलेर सेवाग्राहि जनताको सेबामा तल्लीन हुन पनि निर्देशन दिनुभयो उहाले सबैका समस्या बुझेर कामगर्न नवनिर्बाति समितीलाइ आग्रह गर्नु भयो । समग्र कर्मचारी हरुलाई एक बनाएर अगाडी बढ्ने उहाको भनाइ थियो । नवनिर्वाचित अध्यक्ष कल्पना थापाले सबैको साथ लिएर सल्लाहगरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भयो । यस उहाले सबै कर्मचारीको सेवासुविधा ,वृद्धि,बिकासका निम्ती अहोरात्र खटेरकाम गर्ने प्रतिबद्धता जनाउनु भयो ।