राजधानि सार्ने चलखेल नगर्न आग्रह

 

बुटवल, २१ फागुन ।
प्रदेशको नामाकरण र राजधानीका बिषयमा चलखेल भएको भन्दै बुटवलमा आन्दोलनको तयारी थालिएको छ । लामो समय सम्म विभिन्न बाहान बनाएर नामाकरण र स्थाइ राजधानीको टुङ्खो लगाउनुको सट्टा जनचाहाना बिपरीत चलखेल गर्नलागेको भन्दै त्यसका विरुद्ध लाग्ने यस क्षेत्रका प्रदेश सभासदस्य नागरीक समाज दल निकट उद्योगी, ब्यवसायी तथा पेशागत संघ संस्थाका अध्यक्ष तथा पदाधिकारीको ले बताएका छन । प्रदेश पाँच सरकार ले प्रदेशको सवै स्थानिय तहसम्म पुग्न नसकेको र भौगालीक अवस्था समेत ख्याल गर्न नगरेको भन्दै आक्रोश पोखेका थिय । उनि हरुले संसदमा बहस गर्न छाडेर संसद किनबेचको तयारी गरेको समेत आरोप लगाएका थिय ।
सरकार गठन भएको २ वर्षमा समेत राजधानी र नामाकरणका बिषयमा प्रदेश सरकारले आलटाल गरेको र राजधानी रुपन्देहीबाट अन्यत्र सार्ने षडयन्त्र गरिएको भन्दै आन्दोलनको तयारी गरिएको बताईएको छ । बुटवल स्थित जिवराज आश्रीत प्रतिष्ठानको कार्यालयमा भेला भएका रुपन्देहीका पेशागत संघ संस्थाका प्रमुख एर्व प्रतिनिधिहरुको भेलाले चलखेल गरिए आन्दोलन गर्न तयारी रहने निर्णय समेत गरेको छ । भेलाले निकट भबिश्यमा प्रदेशसमा साबिक लुम्बिनी अञ्चल र यस आसपासका प्रदेशसभा सदस्यहरुको उपस्थितीमा अर्को भेला गर्ने र आवश्यक परे सडक आन्दोलन समेत गर्ने निर्णय गरेको छ । उनिहरुले रुपन्देहि नै अधिकासं प्रदेशका जनताको पाएक पर्ने र हरेक हिसाबले अनुकुल एकाले असफल हुने र जनता बाट अलोक प्रिय हुने खेलमा नलाग्न उनिहरुले आग्रह गरेका छन् । प्रदेश राजधानिकालागी आवस्यक पुर्वाधार र प्रदेका बहुसंख्यक जनताको अभिमत रुपन्देहि हुदाहुदै मन्त्री र अन्य पद संग साजधानि साट्न खोज्नु आत्मधाति हुने पनि उनिहरुले दावि गरेका छन् ।
प्रदेश सभाका केहि सभासदहरु समेतको उपस्थितीमा भएको भेलामा रुपन्देहीका सबै दल निकट उद्योगी, ब्यवसायी तथा पेशागत संघ संस्थाका अध्यक्ष तथा पदाधिकारीको उपस्थिती रहेको थियो । प्रदेशसभामा नेकपा सभासद भोज प्रसाद श्रेष्ठ, कमल श्रेष्ठ र तुलसी चौधरी नारायण आचार्य नेपाली कांग्रेसका सभासद रमा अर्याल र संघिय समाजबादी पार्टीका सभासद सन्तोष पाण्डेको लगाएतका सभासद हरु समेतको भेलामा उपस्थिती रहेको थियो । भेलामा सहभागिहरुले प्रदेशसभामा लुम्बिनीबाट प्रतिनिधित्व गर्ने सभासदहरुले बलियो प्रतिनिधित्व गर्न नसकेको भन्दै कोहि सभासदहरुमन्त्री पदको लालचमा परेको भन्दै भोली पछुताउन पर्ने गरी काम नगर्न समेत आग्रह गरेका थिय । उनीहरुले बिगतमा अखण्ड प्रदेशका लागि गरिएको आन्दोलनको स्मरण गर्दै चलखेल गरिए फेरी त्यस्तै आन्दोलन गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.