राजनैतिक रङ ल्याएर नियोजित रुपमा अवरोध गरिएको तिलोत्तमा चेम्वर अफ कमर्सको गुनासो

 

बुटवल फागुन २२ । तिलोत्तमा चेम्वर अफ कमर्सले आफुहरुमाथी नियोजित रुपमा अन्याय गरिएको गुनासो गरेको छ । कमर्सको मणिग्राम स्थीत कार्यालयमा पत्रकार सम्मेलन गरी तिलोत्तमा चेम्वर अफ कमर्सले भवन निर्माण गर्न लागेको समयमा स्थानीयको नाममा बिकास विरोधि हरुले अवरोध गरेको संस्थाका अध्यक्ष जेपी कंडेलले बताए ।
अध्यक्ष कंडेलले तिलोत्तमा नगरपालिकाको २०७२ चैत्र ३० गतेको सर्वदलिय बैठकले तिलोत्तमा उधोग बाणिज्य संघ र तिलोत्तमा चेम्वर अफ कमर्सलाई लिजमा उपलब्ध गराउने निर्णय भएको र त्यसकै आधारमा भवन निर्माण गर्न लागिएको बताए । तिलोत्तमा उधोग बाणिज्य संघ र चेम्वर अफ कमर्सले एउटै निर्णयले पाएको जग्गामा एउटा संस्थाले भवन बनाउन पाउने र अर्कोले नपाउने कुरा न्याय संगत हुदैन अध्यक्ष कंडेलले भने । नगरपालिकाको २०७२ साल चैत्र ३० गतेको सर्वदलिय बैठकले तिलोत्तमा नगरपालिका वडा नं ५ स्थीत राधाकृष्ण टोलमा रहेको कित्ता नं ६४ बाट ५ कट्ठा र उधोग बाणिज्य संघलाई मंगलापुर स्थीत राम जानकी मन्दिर देखि दक्षिण तर्फ ५ कट्ठा जग्गा लिजमा उपलब्ध गराउने निर्णय गरेको छ । पत्रकार सम्मेलनमा कंडेलले केही ब्यक्तीहरुले भवन बनाउन अवरोध गर्ने नियतले कहिले कुलोको बिवादÞ, कहिले आमा समुहका लागि भवनको माग, कहिले ग्रिन पार्कको निर्माणको बिषयमा कुरा उठाएर बखेडा मात्रै झिकेको बताए । अव सवैमाग समाधान हुदापनि रातको नौ दश बजे केहि ब्यक्ती भेला हुने र विहान अरु ब्यक्ती हरुलाई र विषेश रुपमा महिला हरुलाई प्रयोग गर्ने गरेको उहाहरुको आरोप छ । आफुहरुले भवन बनाए पनि आवस्यक पर्दा टोल छिमेक सवैको अनत्व हुने र उपभोग गर्नदिने बताउनु भयो । यो राज्यकै सम्पति हो हामि सामजिक काममा लगाउने हो राज्यलाई आवस्यक परे यो सरकारकै हुन्छ यो कसैले लिएर नजाने पनि अध्यक्ष कंडेलले बताए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.