एसईइ परीक्षा प्रदेश ५ मा झण्डै ८२ हजार विद्यार्थी ,सहभागी हुँने

 

केशव भण्डारी
रुपन्देहि बुटवल फगुन
आगामी चैत ६ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा ५ नम्बर प्रदेशमा झण्डै ८२ हजार विद्यार्थी सहभागी हुँने भएका छन् ।
प्रदेशका १२ जिल्लाका ३२१ परीक्षा केन्द्रमा ८१ हजार ४०१ परीक्षार्थी सहभागी हुने भएका हुन् । परीक्षा आगामी चैत ६ गतेदेखि १७ गतेसम्म सञ्चालन हुँदैछ
परीक्षार्थीमध्ये प्राविधिकमा २ हजार १३१, साधारणमा ७६ हजार ७४९ र ग्रेड वृद्धिका २ हजार ६५२ जना छन् । २०७५ सालदेखि प्रश्नपत्रको व्यवस्थापन राष्ट्रिय परीक्षा बोर्डबाट र अन्य व्यवस्थापन प्रदेश सरकारबाट हुँदै आएको छ । प्रदेशमा परिक्षाका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउँदै प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले परिक्षालाई मर्या्दित, सफल र भयरहित वातावरणमा सञ्चालन गर्नका लागि जोड दिनु भएको छ । प्रदेशका ३ सय २१ परिक्षा केन्द्रबाट सञ्चालन गरिने परिक्षाका लागि आवश्यक तयारीको अन्तिम चरणमा पुगेको जानकारी पनि मन्त्री बरालले गराउनु भयो । परिक्षालाई मर्या्दित र व्यवस्थित ढँगले सञ्चालन गर्नका लागि सञ्चार क्षेत्रबाट समेत सहयोगको अपेक्षा गदै अनुगमन गर्ने तर विर्धाथिलाइ डिस्टव गर्ने गरी एकै पटक धेरैजना नजान पनि आग्रह गनुृ भयो । यस वर्षको एसइइमा ९ जना दृष्टिविहिन, १३ जना वहिरो अपाङ्गता भएका विद्यार्थी तथा शारीरिक अपाङ्गता भएका २ गरी २४ जना विशेष क्षमताका विद्यार्थी सहभागी हुने भएका छन् । वि.स. २०७२ सालदेखि परिक्षालाई ग्रेडिङ प्रणालीमा नतिजा पैकाशन गर्न लागिएसँगै संघीय सरकारले पश्न पत्रको व्यवस्थापन गरे पनि अन्य व्यवस्थापन प्रदेश सरकारहरुले गर्दै आएका छन् ।
संघीय सरकारले परिक्षा सञ्चालनका लागि शसर्त अनुदानका रुपमा ४ करोड १२ लाख रकम उपलब्ध गराएकोमा परिक्षा कर्ख ३ करोड ३९ लाख हुने अनुमान गरिएको छ । यसैगरी परिक्षा सञ्चालनका लागि ३ सय २१ जना परिक्षा केन्द्राध्यक्ष, ४ सय ११ जना सह केन्द्राध्यक्ष, ४ हजार ७० जना निरिक्षक, ८ सय १४ जना परिक्षा सहायक, ४ हजार ८ सय १५ जना सुरक्षाकर्मी तथा १ हजार ६ सय २८ जना कार्यालय सहायक गरी कूल १२ हजार ५९ जना जनशक्तिको आवश्यकता पर्ने मन्त्रालयले जनाएको छ । परिक्षामा रुपन्देही जिल्लाबाट सबैभन्दा बढी १७ हजार ४ सय ३० जना विद्यार्थीले ५६ वटा केन्द्रबाट परिक्षामा सहभागी हुँदै छन् । परिक्षामा ३९ हजार ७ सय ३३ जना छात्र, ४२ हजार ६ सय ६५ जना छात्रा तथा ३ जना तेस्रो लिङ्गी विद्यार्थीले सहभागीता जनाउने भएका हुन् । सबैभन्दा कम रुकुम पुर्वका ६ केन्द्रबाट १ हजार ७४ जना विद्यार्थीले रिक्षामा सहभागी हुने भएका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.