होलीपर्व पारिवारिक रुपमा मनाउँ,मुख्यमन्त्री पोखरेल द्धारा होलीपर्वको शुभकामना

 

प्रदेश पाँचका मुख्यमन्त्री शकरले होलीपर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएकासमस्तदिदीबहिनीतथादाजुभाइहरुमा सुख,शान्ति,समृद्धि र सुस्वास्थ्यको कामना गदै शुभकामना ब्यक्त गर्नु भएको छ । होलिपर्वको शुकामना दिदै मुख्यमन्त्री पोखरेलले यस वर्षको होलीपर्व कोरोनाभाइरसको संभावितजोखिमन्युनिकरणगर्न ठूला जमघटमा नभई पारिवारिक रुपमामनाउन पनि आग्रह गर्नु भएको छ ।सरकारले कोरोनाभाइरसको संभावितजोखिमन्युनिकरणगर्न शुरु गरेको पूर्व तयारी र सर्तकताअभियानलाई सहयोग गर्न अपिल गर्नु भएको छ । मुख्यमन्त्री पोखेलको होलि पर्वको पुर्ण पाठ यस प्रकार छ ।
होलीपर्व अर्थात फागु पूर्णिमा नेपालको मौलिकपर्व हो । रंगहरुको पर्व होलीले एकआपसमा सद्भाव, भातृत्व र मेलमिलापको सम्बन्धलाई बलियो बनाउँदै आएको छ । विविधतायुक्त नेपाली समाजलाई एकतामाबाँध्दै समाजिक सम्बन्धलाई बलियो बनाउनहोलीपर्वको विशेष महत्व छ ।
होलीपर्व पहाडी र हिमालीक्षेत्रमाआजमनाउने प्रचलन छ । पहाडी र हिमालीक्षेत्रमामनाएको भोलीपल्ट तराईमाहोलीपर्व मनाउने परम्परा छ । फरक—फरक दिनमाभएपनि नेपालको सबै क्षेत्रमामनाईने यो पर्व साझापर्वको रुपमा स्थापित छ ।
यतिखेर विश्वकोरोनाभाइरस विरुद्ध लडिरहेको छ । नेपालमापनि संभावितजोखिमलाई ख्यालगर्दै उच्च सर्तकताअपनाइएको छ । कोरोनाभाइरसको संक्रमणको संभावितजोखिमलाई ध्यानदिदैं सरकारले सभा,सम्मेलनर ठूला जमघट नगर्न आग्रह गरेको छ । तसर्थ यो वर्षको होलीपर्व ठूला जमघटमा नभई पारिवारिक रुपमामनाऔं । सरकारले कोरोनाभाइरसको संभावितजोखिमन्युनिकरणगर्न शुरु गरेको पूर्व तयारी र सर्तकताअभियानलाई सहयोग गर्दै अघि बढ्न हार्दिक अपीलगर्दछु ।अन्त्यमा, रंगहरुको पर्वहोली पूर्णिमाको अवसरमा सबैमा सुख, शान्ति,समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामनाव्यक्तगर्दछु ।
शंकर पोखरेल मुख्यमन्त्री

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.