सामुदायिक वनका १४ सय भन्दाबढी भवनलाइ क्वारेन्टाइनका रूपमा प्रयोग गर्ने तयारी

बुटवल । चैत १० । कोरोना भाइरसको सम्भावित जोखिमका बेला मुलुकभरका सामुदायिक वनले अाफ्ना भवनहरू क्वारेन्टाइनका लागि प्रयोग गर्न दिने भएका छन् ।
सामुदायिक वन उपभोक्ता महासंघले देशैभरका १३ सय भन्दा धेरै भवनहरू क्वारेन्टाइनमा अाबश्यक भए उपलब्ध गराउने निर्णय गरेको हो ।
केन्द्र सहित सातै प्रदेशका १ हजार ४ सय ८ वटा वन समुहका भवनहरूलाइ अावश्यकता अनुसार क्वारेन्टाइन भवनका रूपमा प्रयोग गर्न सकिने गरि तयारी अवस्थामा राखेको महासंघका अध्यक्ष भारती पाठकले जानकारी दिनुभयो ।
महासंघका सचिव ठाकुर भण्डारीले कोरोनाको त्रास र सम्भावित जोखिम विरूद्द साझा सहकार्य अावश्यक भएकोले सबै जिल्लामा सामुदायिक वन उपभोक्ता समुहका भवनहरूलाइ क्वारेन्टाइन केन्द्र बनाउने निर्णय गरिएको जानकारी दिनुभयो ।
देशभरका २२ हजार भन्दा धेरै उपभोक्ता समुहले कोरोनाको जोखिमबाट बच्न सचेतना अभियान समेत चलाएका छन् ।
महासंघले सचेत रहन र त्रसित नहुन पनि सबैलाइ अाग्रह गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.