सैनामैनामा अस्थायी १०० शैयाको आइसुलेसन अस्पताल संचालनमा तयार

 

सैनामैना चैत्र १४
सैनामैना नगरपालिकामा कोरोना भाइरस (कोभिड– १९) विरुद्ध कोरोना अस्थाई आईसुलेसन अस्पताल आज देखी संचालन आएको छ ।
सैनामैना नगरपालिका वडा नं १ स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयमा कोरोना विशेष “अस्थायी आइसुलेसन” अस्पताल निर्माण गरी आजबाट संचालनमा ल्याईएको नगरप्रमुख चित्र बहादुर कार्कीले जानकारी दिनुभयो ।
अस्पतालको सुभारम्भ गर्दै नगर प्रमुख कार्कीले “सैनामैना कसैलाई कोरोनाको आशंका भएमा अस्पताल तयार रहेकोले बिपदको बेलामा नआतिकन आधिकारीक ब्यतिmलाई सम्पर्क गर्न अनुरोध गर्दै कतिपय गम्भिर विरामीलाई आवश्यक्ता अनुसार बुटवल वा काठमाण्डौं रेफर गरिने छ ” भयो । विरामीको लक्षण अनुसार विज्ञ चिकित्सकसँग अनलाइन परामर्स लिइने समेत उल्लेख गर्दै नगरप्रमुख कार्किले एक जना विरामीलाई अलग अलग राख्ने गरी अस्पतालमा १०० वेड रहको बताउदै आवश्यकता अनुसार बेड थप्ने ब्यवस्था पनि मिलाईएको जानकारी गराउनु भयो ।
नेपाली सेनाको सहयोगमा अस्पताललाई आवश्यक पिपिई उत्पादन र सैनामैनाको पशुपति मा.बि मा रहेको बिज्ञान प्रयोगशालामा ५०० लिटर सेनेटाइजर उत्पादनका गर्ने काम सुरु भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थि बताउनु भयो ।
अस्पतालमा सैनामैनाका चिकित्सक प्रकाश खरेल र नेपाली सेनाका चिकित्सक रक्षा गुरागाईको नेतृत्वमा , एक हेल्थ असिटेण्ट र दुई नर्स गरि ६ जनाको टोली खटिने सैनामैनाका स्वास्थ्य संयोजक हेमराज पन्थले जानकारी गराउनु भयो ।
नगरप्रमुख कार्किले सैनामैनामा रहेका नीजि मेडिकल तथा क्लििनिक बन्द गर्न नहुनेमा जोड दिदै अहिलेको संकटको घडीमा सबैको साथ र सर्मथन आवश्यक भएको बताउनुभयो ।
महामारीको बेलामा सबैलाई सहयोग गर्न अपिल गर्दैं सहयोग गर्न चाहनु हुने संघ सस्था वा ब्यतिmले कृषि बिकास बैङ पर्रोहा शाखा मा बिपद ब्यवस्थापन कोषको नाममा रहेको खाता नं ०४–१४२–०१२७–३६५५–०१–५ मा सहयोग रकम जम्मा गर्न सकिने सैनामैनाका बिपद ब्यवस्थापनका समितिका सदस्य सचिव सुरज न्यौपानेले बताउनु भयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.