राहत कोषमा भलाई कोषको एकलाख ५१ हजार सहयोग

 

बुटवल, २६ चैत ।
यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले स्थानीय सरकारले स्थापना गरेको कोरोना राहत कोषमा आर्थिक सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत कोषले बुटवल उपमहानगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको हो ।
भलाई कोषले कोरोना राहत कोषमा एक लाख ५१ हजार रुपियाँ सहयोग गरेको कोषका लेखा अधिकृत क्रृषिराम अधिकारीले जानकारी दिनुभयो । राहत रकम मंगलबार कोषका अध्यक्ष दिनेश फुल्लेलले बुटवल उपमहानरपालिकाका प्रमुख शिवराज सुवेदीलाई हस्तान्तरण गर्नुभएको हो ।
विपद्सँग जुध्न सबै मिलेर अघि बढ्नुपर्ने भएकोले भलाई कोषको तर्फबाट सहयोग गरिएको बताउँदै अध्यक्ष फुल्लेलले कोरोना संक्रमण रोक्न कोषले पनि आफ्नो तर्फबाट सक्दो काम गरिरहेको बताउनुभयो । त्यस अवसरमा नगर प्रमुख शिवराज सुवेदीले सबैको सामूहिक प्रयासले मात्रै कोरोना संक्रमणको जोखिम कम गर्न सकिने बताउँदै राहत रकमलाई सही सदुपयोग गर्ने बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.