चन्द्रकोट ८ तुराङ्ग ले विपन्न परीवारलाई वाड्यो खाध्यन्न सहितको राहत सामाग्री

 

वैशाख ४
गुल्मीकोचन्द्रकोट गाउपालिका. वार्ड ८ तुराङ्ग ले विपन्न वरपरिवारलाई राहत सामाग्री वितरण गरेको छ । लकडाउनका कारण समस्यमा परेका मजदुर तथा विपन्न परीवारलाइ वडानम्मर आठको मजुवा स्थीत वडाकार्यालय देखि सुरुगरेको राहात तिरण पिपलपाटा सम्म गरि करिव ४६ विपन्न परिवारलाई राहत वितरण गरेको हो । विपन्न परिवारलाई २ समुहमा विभाजन गरि राहत सामाग्री वितरण भयको थियो । परिवार संख्याका आधारमा वितरण गरीएको राहात २ भन्दा वढि हुनेहरु र २ जना सम्म परिजार संख्या हुने जसअनुसारको राहत सामाग्री को बिवरण गरीएको थियो । चामल दुई भन्दा बढी परीबार हुनेलाई ३० के.जी. दाल ३ के.जी खाने तेल २ लिटर आयो.नुन २ के.जी र नुहाउने सावुन ४ पिस ७) चिनि २ के.जी धुने सावुन ४ पिस तथा दुईजना वा एकजना परीवार हुने कालागी १५के.जि.१.५ के.जी.दाल १ लिटरखाने तेल १ के.जी.नुन लुगा धुने सावुन २ पिस र २पिसनुहाउने सावुन . सहितको राहत वितरण गरियको वडा अध्यक्ष नन्दराम अर्यालले जानाकारि दिनुभयो । चन्द्रकोट( ८ तुराङ्गमा करिव १,०५०र( घरधुरि जस्मा ५,२००र( जनसंख्या रहेको छ । जसमध्ये करिव १३०० दलित, जनजाति करिव १४०० तथा अन्य बाहुनरक्षेत्री करिव २५०० को हाराहारिमा रहेको छ । पहिलो चरणमा यो राहत सामाग्री वितरण गरियको मा अझै केही परिवारलाई वितरण गर्न वाँकि रहेको छ । कार्यालयले राहत सामाग्री हरु पहिलो र दोस्रो चरणमा गरि वितरण गर्ने गरि परिवारहरुलाई विभाजन गरेको अध्यक्ष अर्यालले जानकारि गराउनु भयो । उहाले विश्व ब्यापि रुपमा फैलिएको कोरना का कारण देश लकडाउन हुदा गरी खाने मजदुर बिपन्न वर्ग समस्यामा परेको वेता राहातलाइ प्रभावकारी बनाउने र भोकै आप्नो वडामा कसैलाइ रहन नदिइने पनि बताउनु भयो ।

Comments

comments