एनएमबि बैंक शाखा कार्यालय ठुटेपिपल ले ओमसतिया गाँउपालिकालाई दियो राहात समाग्री

 

बुटवल बैशाख ८

बुटवल बैशाख ८
कोरोना भाइरसका कारण भएको लक डाउन मा गरीव बिपन्न मजदुर परीबारलाई सहयोग पुराउन रुपन्देहिको ठुटेपिपल मा रहेको  एनएमबि बैंक शाखा कार्यालय ठुटेपिपल ले ओमसतिया गाँउपलिकालाई खाद्यान्न सहितको राहत सहयोग उपलब्ध गराएको छ । बैकले कोभिड १९ कोरोना भाइरसले गर्दा जोखिम न्यूनीकरण गर्न र नेपाल सरकारले लगाएको लकडाउन लम्विदैजादा ज्यालादारी गरि खाने अतिबिपन्न घरपरिवारहरुको छाक टार्नमा मद्दत पुर्याउनका लागि राहत उपलब्ध गराइएको हो ।
ज्यालादारी गरि खाने अतिबिपन्न घरपरिवारलाई कोरोनाको कहर बाट छाक टार्न राहात होस भनेर चामल, दाल, तेल र नुन गरि स्थानीय सरकारलाई राहत उपलब्ध गराइएको बैंकले जनाएको छ । खाद्यान्न सामाग्री ओमसतिया गाउ पालिका प्रमुख हिराकेवट र प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेल लाई बैंकका शाखा प्रमुख सुर्वणा आचार्यले राहात समाग्री हस्तान्तरण गर्नु भएको हो । राहात बुज्दै गाउपालिका प्रमुख हिरा केवटले बैकले गरेको सहयोग गाउपालिका भित्रका अति विपन्न र समस्यमा परेका हरुलाई वितरण गरीने बताउनु भयो । बैक का शाखा प्रमुख सुर्वणा आर्चायले बैकले सवै क्षेत्रमा सहोग गदै आएको बताउदै समाजीक उत्तरदाइत्व अन्र्तरगत खाध्यान्न सहित राहात प्रदान गरीएको बताउनु भयो । एनएमवि बैकले यस अघि प्रदेश पाच सरकारलाई एकसय पिपिई पुरा सेट हस्तान्तरण गरी सकोको बैकका मणिग्राम शाखाप्रमुख युवराज पाठकले जानाकारी दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.