बुटवल, बैशाख ७ । ऐतिहासिक धरोहर, राष्ट्रियताको पहरेदार, वीरताको किल्ला जितगढी किल्लामा निर्माण भएको कर्णेल उजिरसिंहको सालिकमा माल्यार्पण गर्दै यस वर्षको जितगढी विजय उत्सव दिवस मनाइएको छ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, नेपाली सेनाका पश्चिम हेडक्वाटरका पृतनापति सीताराम खड्काले माल्यार्पण गर्दै कर्णेल उजिरसिंह प्रति श्रद्धासुमन प्रकट गरेका थिए ।
सोही अवसरमा बुटवलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा तथा वडाअध्यक्ष महेन्द्रप्रसाद लिगल र वरिष्ठ अधिकृत भूवाप्रसाद लुइँटेलले सालिकमा माल्यार्पण गरेका थिए । महामारीको संक्रमण रोक्न लक डाउन गरिएका कारण यस वर्ष सार्वजनिक कार्यक्रम भने गरिएन ।
बुटवलले जितगढीको बृहत्त गुरुयोजना बनाएको छ । यहाँ कर्णेल उजिरसिंहसहित जितगढी लडाइँमा विरगती प्राप्त गर्ने १४ जनाको सालिक निर्माण भइरहेको छ । काम अन्तिम चरणमा पुगेका बेलामा मुलुकमा बन्दाबन्दी भएपछि निर्माणको काम प्रभावित भएको उपमहानगरका वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले बताए ।
बुटवल उप–महानगरपालिका वडा नं। १ स्थित जितगढी किल्ला नेपाल–अग्रेज ९इष्ट इण्डिया कम्पनी० युद्धमा ९वि।स।१८७१९७२० वीर नेपालीले विजय हासिल गरेको ऐतिहासिक स्मारक स्थल हो ।
बुटवल गढी कब्जा गरी पाल्पा हान्ने र तिव्बतसम्म पुग्ने उद्देश्यकासाथ अंग्रेज गर्भनर लर्ड हेस्टिङ्सको निर्देशन मेजर जेनेरल सुलिभान ऊड र कमाण्डर क्रोकरको नेतृत्वको आधुनिक हतियारले सुसज्जित अंग्रेज फौजसंगको युद्धमा कर्णेल उजिरसिंह थापाको कमानमा अदम्य साहस, रणकौशलता, पौरख एवं वीरताका साथ युद्ध गरी नेपालीले विजय हासिल गरेको भूमि हो जितगढी ।
वि।स। १८७२ बैशाख ७ गते युद्धमा विजय हासिल भएको खुसीयालिमा बुटवल उपमहानगरपालिकाले जितगढी विजय उत्सव दिवस मनाउदै आएकोमा यस वर्ष सामाजिक दुरी कायम गर्दै कर्णेल उजिरसंिहको सालिकमा माल्यार्पण गरेर दिवस मनाइएको हो ।