बुटवल उपमहागर पालिका आठ ले बाढ्यो दुई सय बढी परीवार लाई राहात

 

 

बुटवल, वैशाख
बुटवल उपमहानगर पालिका वडा नम्वर आठले विश्वब्यापि महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण देशमा लकडाउन को समय बढ्दै गएपछि विपन्न गरीव , दैनिक ज्यालादारी गरीखाने मजदुर लाई छाक टार्न समस्या भएपछि खाद्धान्न राहात वितरण गरेको छ ।
वडाले विभिन्न संघ संस्था र ब्यक्ती बाट प्रात्त गरेको सहयोग वाट ति विपन्न गरीखाने मजदुर लाई कार्यविधि अनुसारनै फर्म भरेर बितरण गरेको वडाध्यक्ष भिम श्रेष्ठले जानकारी दिनु भयो ।
वडाध्यक्ष श्रेष्ठले खाध्यान्न अभावका कारण समस्या भएका हरुलाई टोलविकास संस्था मार्फत पहिचान गरी निवेदन फर्म भरेर परीवार संख्याको आधारमा चामल ,दाल, तेल, नुन लगाएतको खाध्यान्न वितरण गरीएको पनि जननाकारी दिनु भयो ।
वडा मार्फत अहिले सम्म झन्दै दुईसय बढी परीवारलाई राहात वितरण गरीएको वडा नम्मर आठका वडा सदस्य गोमा ज्ञवालिले वताउनु भयो ।
वडामा स्थाई वसोबास गर्ने र अस्थाई रुपमा भाडामा बस्नेहरुलाई विपन्नता को आधार हेरेर राहात वितरण गरीएको वडा सचिव तारा भुसालले बताउनु भयो ।
वडा लाई रोटरी क्लव अफ बुटवल व्यवसायीक वकिल समाज बुटवल,एभरेष्ट ई.वो स्कुल बुटवल नारायण भुसाल, बलराम भट्टराई बुटवल, लाफा समुह बुटवल ,नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघ बुटवल शिवनगर सामुदायिक बन लगायत बाट वडाकार्यलय लाई सहयोग प्राप्त भएको सायक कर्मचारी , नारायण प्रसाद ज्ञवालीले जानाकारी दिनु भयो ।
जनप्रतिनिधी , प्रहरी कर्मचारी को रोहवरमा सामजिक दुरी कायम गरी व्यवस्थीत तरीका वाट राहात वितरण गरीएको श्रवण पथ प्रहरी चौकीका सहि ठक वहादुर सारुले बताउनुनु भयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.