पत्रकारलाइ स्वास्थ्य सामग्री प्रदान

पत्रकारलाइ स्वास्थ्य सामग्री प्रदान
बुटवल। वैशाख, १० । कोरोना भाइरस कोभिड १९ को महामारीले विश्वलाइ आक्रान्त पारिरहेका बेला पनि फिल्डमा खटिएका रूपन्देहीका पत्रकारलाइ ओैषधी व्यसायी संघ रूपन्देहीले स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
सरकारले घोषणा गरेको लकडाउनका कारण सबैजसो नेपालीको दैनिकी घरभित्रै सिमित भैरहँदा समेत दिनरात नभनी सबैलाइ घरमै सुरक्षित रहन सन्देश सहित आफ्नो कर्तव्य पुरा गरिरहेका पत्रकारको स्वास्थ्य सुरक्षाका लागि संघले मास्क, स्यानिटाइजर र पन्जा प्रदान गरेको हो । बुधवार बुटवलमा आयोजित कार्यक्रममा ओैषधी व्यसायी संघका अध्यक्ष सुरज भट्टराइले सामाग्री प्रदान गर्दै जोखिम मोलेर फिल्डमा खटिएका पत्रकारहरुका लागि नियमित स्वास्थ्य परीक्षण, सुरक्षा उपकरणहरूको उपलब्धता अनिवार्य हुनुपर्ने बताउनुभयो ।
उहाँले कोरोना महामारी र लकडाउका बेला संघले विभिन्न क्षेत्रमा सहयो गरेको पनि जानकारी दिनुभयो । मास्क पुनर्प्रयोग गर्न समेत मिल्ने गुणस्तरका छन् ।
सहकार्य आगामी दिनमा पनि जारी रहने संघले जनाएको छ।
अहिलेको कठिन घडीमा आफ्नो स्वास्थ्यको ख्याल गर्न, अनिवार्य मास्क प्रयोग गर्न पनि संघले पत्रकारहरूलाइ सुझाव दिएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.