नेकपाका नेता कार्यकर्ताले को सहयोगमा बाणगगां बाढीयो राहात, कृष्ण बहादुर कुँवर ले दिए २२ कुन्टल चामल

बुटवल
कपिलबस्तुको बाणगंगा नगरपालिका वडानम्वर तिनका नेकपा नेतातथा कर्यकताको सहयोगमा लगडाउनबाट प्रभावित विपन्न गरीव मजदुर लाई राहात वितरण गरीएको छ । समाजसेवि तथा वाणगंगा नगरपालिका वडा नम्वर तिन भित्रका नेकपाका नेता कार्यकर्ताको सक्रियतामा जुटाइएको सहयोग बाट एकसय चौवन्न परिवार लाई राहात वितरण गरीएको हो । राहात परीवार सख्याको आधारमा दश, पन्ध्र र विस किलो चामल दाल नुन,तेल एक एक किलोका हिसावले वितरण गरीएको हो । राहातकालागी समाज सेवि तथा नेकपाका नेता कृष्ण बहादुर कुवरले २२ कुन्टल चामल उपलब्ध गराएको नेकपाका वडा सचिव तथा युवा नेता गोपाल ज्ञवालिले जानाकारी दिनु भयो । रहात वितरण मा वडाध्यक्ष सन्तराम रौताहाड, नेकपाका का वाणगंगा नगरपलिका वडा नम्वर तिनका अध्यक्ष टेकबहादुर झेडि मगर, राजापनि सामुदायिक बन समितिका अध्यक्ष ढाकाराम अर्याल, कोटिहवा प्रावि गंगौलियाका प्रअ कृष्ण प्रसाद खनाल,समाज सेवि लक्ष्मण मरासिनी , भरत मरासीनी,कुलबहादुर सोमै मगर, झमन सिंह सोमै ,भिक्खु थारु, शिव प्रसाद पौडेल लगायतको सक्रियतामा राहात वितरण गरीएको थियो । राहात पाएपछि स्थानिय मजदुर गरीव तथा विपन्न परीवार ले खुसि ब्यक्त गरेका छन । राहात कोटिहवा प्राविमा सामाजिक दुरी कायम गरी वितरण गरीएको थियो । लामो समय सम्म लकडाउनहुदा गरीखाने मजदुर विपन्न लाई परेको समस्यामा थोरै भएपनि राहात पुगोस भनेर राहात वितरण अभियान चलाइएको समाज सेवि भरत मरासीनि ले बतउनु भयो । समाज सेवि कृष्ण बहादुर कुवरले समस्यमा परेका हरुलाई तथा खेलकुद ,शिक्षा सडक विकास निर्माणमा समेत तन मन धन ले सहयोग गर्ने गरेको समाज सेवि लक्ष्मण मरासिनले बताउनु भयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.