२०२०—२१ कायर्यकाल को लागि निर्वाचन सम्पन्न
बुटवल १९ । कोरना भाइरसका कारण लियो क्लब अफ बुटवल सेन्ट्रलले अनलाईन वैठक सम्पन्न गरेको छ । वैठकले वर्ष २०२०—२१ को लागि नयाँ नेतृत्व चयन गरेको छ । कोरोना नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको पुर्ण पालना गर्दै क्लबले अनलाई जुम बैठक बाटै निर्वाचन सम्पन्न गरेको हो ।
बर्ष २०१९—२० का प्रस्तावित अध्यक्षमा पहिलो उपाध्यक्ष चिरन अर्याल लाई निर्वाचित गरेको छ । अर्याल रुपन्देहीका युवा व्यवसायी साथै सामाजिक संघसस्था आवद्ध रहेका छन् । साथै क्लबले प्रथम उपाध्यक्षमा हिमाल खनाल, सचिवमा विशाल पाण्डे, र कोषाध्यक्षमा कृष्ण प्रसाद घिमिरेलाई निर्वाचित गरेको छ । तेस्तै क्लबले अन्य बाँकि रिक्त पदमा क्लबको पहिलो बैठकबाट क्लबको पदाधिकारीलाई पुर्णता दिने निर्णपनि गरेको छ । बैठकले कोरोना को जोखिम कमगर्न लकडाउनको पुर्ण पालना गरेर सर्तक रहन पनि आग्रह गरेको छ । सम्पन्न वैठकमा वर्ष २०१९—२० का सचिव विकास टण्डनले आप्नो कार्यकालमा भएगरेका गतिविधिको वारेमा जानकारी गराका थिए ।
निर्वाचनमा लायन्स क्लबका २०१९—२० का अध्यक्ष लक्ष्मण पोख्रेल, लियो क्लबका चाटर्ड अध्यक्ष लक्ष्मण पन्थी, पुर्व अध्यक्ष विजय आचार्य, पुर्व अध्यक्ष सौरभ भुषाल, पुर्व अध्यक्ष प्रकास प्रोख्रल, निवर्तमान अध्यक्ष बुद्धि कुँवर लागाएतको उपस्थिति रहेका थियो ।
साथै बैठकमा निर्वाचित अर्यालले क्लबले अगाडि सारेका हरेक कार्यक्रमहरुलाई निरन्तरता दिदै क्लबलाई अझ ब्यवस्थीत शसक्त रुपमा सामजिक कार्यमा अगाडि बढनउने बताउनुभएको थियो ।