मुख्यमन्त्री शंकर पोखरेलले अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना

बुटवल(प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिनु भएको छ। शुभकामना सन्देशदिदै मुख्यमन्त्री पोखरेलले समस्त श्रमजीवी दाजुभाइ दिदी बहिनीलाई म हार्दिक शुमकामना व्यक्त गर्दछु’भन्नु भएको छ ।
मुख्यमन्त्री पोखरेलले श्रम शक्तिको विकासवाट नै समृद्ध नेपाल निर्माण सम्भव हुन्छ भन्ने मान्यताका आधारमा अघि बढ्न जरुरी भएको शुभकामना सन्देशमा बताउनु भएको छ । कोरोना विरुद्ध लड्दै प्रदेशलाई कोरोनाबाट सुरक्षित राख्न सम्पूर्ण शक्ति केन्द्रित गरेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले कोरोना का कारण लकडाउन लामो हुँदै जादा दैनिक ज्यालादारीमा जीवननिर्वाह गर्नेहरुले सवैभन्दा कठिनाइ व्यहोर्नु परेको प्रदेश सरकारले बुझेको र दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने नागरिकको राहतको लागि आवश्यक प्रवन्ध मिलाइएको उल्लेख गर्नु भएका्े छ । विज्ञप्तीको पुर्ण पाठ यस प्रकार रहेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.