संक्रमितको संख्या २ सय ५० पुग्यो

 

बुटवल । जेठ १ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या नेपालमा २५० पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो पटक थप ५ जनामा संक्रमण पुष्टि भएको हो ।
बिहीबारको यो रिपोर्टसँगै संक्रमितको संख्या २५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमण भएकाहरु धनुषाका २० वर्षीया महिला र ४० वर्षीय पुरुष, सर्लाहीका ४५ वर्षीय पुरुष, महोत्तरीका १६ र ३५ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले बताएका छन् ।
यसैगरि काठमाडौंको चन्द्रागिरिका ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिकामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म पर्सामा ८५, कपिलवस्तुमा ३९, उदयपुरमा ३२, रुपन्देहीमा २८, बाँकेमा २५, काठमाडौंमा ७, कैलाली, धनुषामा ४, महोत्तरीमा ४ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै रौतहट, बारा र सर्लाहीमा ३–३ तथा बाग्लुङ, चितवन, झापा र भक्तपुरमा २र२ जनामा तथा बर्दिया, कञ्चनपुर, भोजपुर, सप्तरी र नवलपरासीमा एक–एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएकाहरु अधिकांशको स्वास्थ्य अवस्था सामान्य छ । अहलेसम्म संक्रमित मध्ये ३५ जना निको भएका छन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.