व्यवसायीद्वारा भीम अस्पताललाई स्वास्थ्य सामग्री

 

लुम्बिनी,१ जेठ ।
युवा व्यवसायी सुनिल रायमाझीले भैरहवास्थित भीम अस्पताललाई यस्वास्थ्य सामग्री सहयोगस्वरुप प्रदान गर्नुभएको छ । होटल निर्वाणाका अध्यक्ष रायमाझीले अस्पताल सञ्चालक समिति सदस्यसमेत रहनुभएका सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारीलाई आज पाँच थान पिपिई, एक हजार थान मास्क, एक थान थर्मल गन र पञ्जा हस्तान्तरण गर्नुभएको हो । प्रदेश कोरोना विशेष अस्पतालका रुपमा सञ्चालित उक्त अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीको प्रयोजनार्थ आफूले उक्त सामग्री प्रदान गरेको व्यवसायी रायमाझीले बताउनुभयो ।

कोरोनाका लागि २८ शय्या सन्चालनमा रहेको उक्त अस्पतालमा हाल कोरोना पोजिटिभ देखिएका १९ बिरामीको उपचार भइरहेको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताउनुभयो । उहाँका अनुसार अहिले अस्पतालमा कपिलवस्तुका चार, रुपन्देही गैडहवा गाउँपालिकाका १०, लुम्बिनी सांस्कृतिक नगरपालिकाका चार र एक भारतीय गरी कुल १९ जना कोरोना पोजिटिभ बिरामीको उपचार भइरहेको छ ।
रुपन्देही जिल्लाको सबैभन्दा पुरानो भीम अस्पताल भैरहवालाई कोरोना भाइरस पोजिटिभ देखिएको बिरामीलाई उपचार गर्नेगरी कोरोना विशेष अस्पतालका रुपमा सञ्चालन गरिएको छ । उक्त अस्पतालमा कोरोना बिरामीका लागि विशेष उपचार कक्ष सञ्चालन गरिएको छ । तीन भेन्टिलेटरसहित पाँच आइसियु बेड रहेको उक्त अस्पतालमा ३० स्वास्थयकर्मीले सेवा दिइरहेका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.