काठमाडौं, जेठ १७ । वन संरक्षण र उपभोक्ता अधिकार स्थापनाका लागि विश्वमै परिचत नेपालका सामुदायिक वन उपभोक्ता समुहहरुको छाता संगठन सामुदायिक वन उपभोक्ता महासंघ स्थापनाको २५ वर्ष भएको छ ।
सामुदायिक वन उपभोक्ता समूहहरुको वनमाथिको अधिकार स्थापना, संरक्षण एवं प्रवद्र्धन गर्ने तथा उपभोक्ता समूहको क्षमता र नेतृत्व विकास गर्ने लक्ष्य सहित २०५२ साल जेठ १८ गते महासंघ स्थापना भएको थियो । देशभर २२ हजार २६६ सामुदायिक वन हस्तान्तरण भएका छन् ।
जसमा २९ लाख ७ हजार ८७१ घरधुरीले २२ लाख ३७ हजार ६७० हेक्टर व्यवस्थापन गर्दै आएका छन ।
सामुदायिक वन उपभोक्ता समूहहरुको प्रतिनिधिमूलक छाता संगठन महासंघले २५ औं स्थापना दिवस तथा रजत जयन्ती विभिन्न अभियानसहित मनाउँदैछ ।
महासंघले स्थापना पश्चात् २५ वर्षको अवधिमा ६ वटा राष्ट्रिय महाधिवेशन, एउटा विशेष महाधिवेशन र ७ वटा राष्ट्रिय परिषद सम्पन्न गर्दै राज्य पुनरसंरचना अनुसार संगठनलाई संघ, प्रदेश, जिल्ला र स्थानीय स्तरमा विस्तार र सुदृढ गर्दै आएको छ ।
पच्चिस वर्षको अवधिमा महासंघले आफूलाई नेपालको वन क्षेत्रमा एक जिम्मेवार, सशक्त, समावेशी र लोकतान्त्रिक नागरिक समाजको रुपमा स्थापित हुन र परिचित गराउन सफल भएको महासंघका अध्यक्ष भारती पाठकले जानकारी दिनुभयो ।
सामुदायिक वनको भावना र मर्म अनुसार वन व्यवस्थापन कार्यक्रम स्थानीय उपभोक्ताहरुको सकृय सहभागितामा प्रभावकारी भएको र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा नेपालको सामुदायिक वन एक सिकाई केन्द्रको रुपमा स्थापित भएको पनि अध्यक्ष पाठकले बताउनुभएको छ ।
देश संघिय लोकतान्त्रीक गणतन्त्रमा गएसंगै सामुदायिक वन उपभोक्ता समूहरु समृद्धिका दिशातर्फ नमूनाको रुपमा लागिरहेका सन्दर्भलाई ध्यानमा राख्दै “वनको दिगो व्यवस्थापनका लागि सामुदायिक अधिकार ः उद्यमशिलता
र सशक्त संगठन समृद्धिको आधार” भन्ने नाराका साथ २५ औ स्थापना दिवस भव्य रुपमा देशव्यापी मनाउने महासंघको योजना छ।
तर विश्व कोरोना भाइरस (कोभिड १९)को सक्रमणबाट आतङ्कित भइरहेको र नेपालमा समेत नराम्रो असर परी देश पुर्ण रुपमा लकडाउन भएको विषम परिस्थितिमा सार्वजनिक र सामुहिक गतिविधि भने नगरिने पनि अध्यक्ष पाठकले जानकारी दिनुभयो ।
स्थापना दिवसको पूर्वसन्ध्यामा १७ गते साँझ देशैभरका सामुदायिक वनका २९ लाख ७ हजार ८७१ घरधुरी उपभोक्ताले दिपावली गरेर मनाइदै छ । यस्तै १८ गते देशैभर उपभोक्ताले वृक्षरोपण गर्ने कार्यक्रम रहेको महासंघका सचिव ठाकुर भण्डारीले बताउनुभयो।
महासंघका सम्पुर्ण तहगत संरचना साथै देशभरी छरिएर रहेका सामुदायिक वन उपभोक्ता समुहहरुले लकडाउनलाई कार्यान्वयन, सचेतना अभिवृद्धि, क्वारेन्टाइनको लागि सामुदायिक वनको भवन उपलव्ध गराउने, समुह भित्र रहेका गरीव विपन्न, दैनिक ज्यालादारी गरेर खाने वर्गको लागि खाद्यन्न तथा सरसफाइको समाग्री सहयोग, स्थानिय सरकारको विपद व्यवस्थापन कोषमा नगद सहयोग गर्दै वनमा भएको आगलागि तथा चोरी तस्करी नियन्त्रणमा समेत सकृय भुमिकाका साथ काम जारी राखेको र रजतजयन्ती बर्षमा यसलाई निरन्तर अघि बढाउने महासचिव विर्खबहादुर शाहीले जानकारी दिनुभयो ।