कोरोना महामारीबाट नेपालमा मृत्यु हुनेको संख्या ७, संक्रमित चौधसय एक जना

बुटवल । जेठ १७ । दैलेखमा एकजनाको मृत्यु भएको पुष्टि भएपछि कोरोना भाइरसका कारण नेपालमा मृत्यु हुनेको संख्या सात पुगेको छ ।
दैलेखको दुल्लुस्थित क्वारेन्टिनमा शनिबार मृत्यु भएका ३५ बर्षिय युवाको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो। उनी झण्डै ८० जनाको टिम सहित दशदिन अघिमात्र भारतबाट गाउँ फर्किएका थिए ।

नेपालमा संक्रमण पनि दिनप्रतिदिन बढ्दै गएको छ । शनिवार मात्रै थप एक सय ८९ जनामा संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या चौधसय एक पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा मात्रै १ सय २४ जनामा पोजिटिभ देखिएको बताउनुभयो । रुपन्देहीमा भएको परीक्षणमा ३६ जनाको पोेजेटिभ देखिएको छ।

एकैदिन कपिलवस्तुका सबैभन्दा धेरै ७७ जना संक्रमित भेटिएका छन्। यस्तै सर्लाहीका १७, सिरहाका ११ सप्तरीका ९, धनुषाका ७, महोत्तरीका ४ र रौतहटका ६ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै झापाका १, ललितपुरका १, जनामा कोरोना पोजेटिभ देखिएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.