जेठ ३२ सम्म लम्बिँदै लकडाउन,थपिँदै संक्रमित

?????????????????

बुटवल । जेठ १७ । यही २० गतेदेखि लकडाउन खुकुलो हुने र विद्यालयहरु पनि खोल्ने तयारी थालिएका खबरहरु आइरहँदा सरकारले भने लकडाउनलाई जेठ ३२ गतेसम्म थप्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार राती सम्पन्न मन्त्रिपरिषद् बैठकले लकडाउन थप १२ दिन लम्व्याउने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिनुभयो ।
सरकारले संक्रमण तिव्र भएका ठाउँमा आवश्यकता र मागका आधारमा सेना खटाउने निर्णय पनि गरेको छ । कतिपय क्वारेन्टिन स्थलबाट ब्यक्तिहरु भागेका, कतै प्रहरीलाई स्थिति सम्हाल्न हम्मेहम्मे परेको र कतै स्थानीय र प्रदेश सरकारले सेना परिचालन गर्न उपयुक्त हुने माग गर्दै आएका थिए ।
शनिवार नै मन्त्रिपरिषद बैठक बस्नुअघि बसेको सुरक्षा परिषद्को बैठक पनि बसेर त्यसै अनुसारको सिफारिस गरेको थियो । सरकारले असार १३ गतेसम्म विमानस्थलहरु बन्द गर्ने पनि निर्णय गरेको छ ।

कोरोना संक्रमणको जोखिमबाट बच्न भन्दै सरकारले २०७६ चैत ११ गतेदेखि गरेको लकडाउन शुरु गरेको थियो ।

पटकपटक थप्दै यहाँसम्म आइपुग्दा जनजीवन करिव अढाइ महिनादेखि घरभित्र सिमित छ । लकडाउन शुरु हुँदा २ जनामा सिमित संक्रमण बढेर अहिले १४ सय नाघेको छ । कोरोना संक्रमितको संख्या झन बढेपछि सरकारले लकडाउन लम्व्याउने निर्णयमा पुगेको हो ।

अधिकांशले बढी प्रभावित क्षेत्रमा कडाइ गर्दै सहज क्षेत्रमा जनजीवन र अर्थतन्त्र चलायमान हुने गरि लकडाउन खुकुलो हुने अपेक्षा गरेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.