बुटवल उपमहानगरपालिमा सुरक्षाप्रवन्धसहित दैनिक ज्यालादारीका काम

 

बुटवल ।  बुटवल उपमहानगरपालिकाले सुरक्षा प्रवन्धसहित दैनिक ज्यालादारीका कामसमेत सञ्चालन गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत छनौट भएका कामदारहरुलाई सुरक्षाका उपायसहित काममा खटाइएको छ । अहिले बुटवलका तीनवटा वडामा ७८ जनाले दैनिक ज्यालादारीका काम सुरु गरेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो । उहाँले उनीहरुलाई वडा तहबाट छनौट भएका काममा खटाइएको र सबैलाई स्वास्थ्य परीक्षण गरिएको बताउनुभयो ।
वडा २ मा –४१ जना, वडा ७ मा– छ जना र वडा नं. १० मा–३१ जना गरी जम्मा ७८ जनालाइ समावेश गर्दै दैनिक ज्यालादारीका काममा खटाइएको छ । उपमहानगरले यसअघि पनि वडा नं. १६ मा रहेको कपरकट्टी बैठौलिया तालको सरसफाई र केही संरचना निर्माणका लागि त्यसक्षेत्रकै बासिन्दालाई दैनिक ज्यालादारीका कामको व्यवस्था मिलाएको थियो ।
अहिले तीनवटा वडामा सुरु भइसकेको यो कार्यक्रम अरु वडामा पनि छिट्टै सुर गरिने प्रधानमन्त्री रोजगार कार्यक्रमका कार्यक्रम संयोजक अरविन्द्र पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी आवका लागि पनि आवेदन माग गरिएको छ ।
यद्यपि लाकडाउनको कारण बेरोजगार सुचीकृतका काम प्रभावित भएका छन् । गत आवमा बुटवलमा छनौट भएका झण्डै एक हजार जना कामदारमध्येबाटै चालु आवमा यी वडामा काममा खटाइएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.