लिम्पियाधुरा र लिपुलेकसहित नेपालको पूर्णनक्सा कार्यान्वयनमा

काठमाडौं । असार ४ । भारतले मिचेको लिम्पियाधुरा र लिपुलेक सहितकाे भूमि समेटेर तयार भएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा संवैधानिक रुपमै कार्यान्वयनमा आएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विहिवार नै दुबै सदनबाट पारित संविधान संशोधन विधेयक प्रमाणिकरण गरेसँगै निसान छाप कार्यान्वयनमा आएको हो ।
राष्ट्रियसभाले विहिवार नै विधेयक सर्वसम्मतीले पारित गरेको थियो । भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि नेपाल सरकारले जेठ सात गते नयाँ पूर्णनक्सा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.