नागरिकता ऐन संशोधन विधेयक बहुमतले पारित

काठमाडौ असार ६ । दुइ बर्षदेखि समितिमै अलमलिएको नागरिकता ऐन संशोधन विधेयक संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतले पारित गरेको छ ।

विधेयकमा नेपाली पुरुषसँग बिहे गर्ने महिलालाई बिहे गरेको सात वर्षपछि वैवाहिक अंगिकृत नागरिकता दिने प्रावधान छ । वैवाहिक अंगीकृतसम्बन्धी प्रावधानमा नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका सांसदहरुले असहमतिसहित फरक दत दर्ता गराएका छन्।

यसअघि नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले बिहे गर्नासाथ नागरिकता पाउने व्यवस्था थियो।
समितिबाट पारित हुनुअघि शनिबार बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकले विदेशी महिलालाई सात वर्षपछि वैवाहिक अंगिकृत नागरिकता दिने प्रावधान राख्ने निर्णय गरेको थियो। सोहिअनुसार आइतबार बसेको संसदीय समितिले निर्णय गरेको हो।

लामो समयदेखि अनिर्णित सो विषयबारे त्यसअघि काग्रेस पनि सहमतिको नजिक थियो । तर उ एकाएक पछि हटेको हो ।
समितिले बहुमतबाट पारित गरेको सो प्रावधान प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएपछि कानुनको रुपमा कार्यान्वयनमा आउनेछ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.