कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

काठमाडौं, असार ९। नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० हजार नाघेको छ । मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार ९० महिलासहित ५ सय ३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।

मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले दैलेखका एक ४५ वर्षिय पुरुषको मृत्यु भएसँगै मृतकको संख्या २४ पुगेको पनि जानकारी दिए । दैलेखको दुल्लु ३ का ४५ वर्षका पुरुषको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो ।

अहिलेसम्म २ हजार २ सय २४ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । मंगलबार ७६ जना घर फर्केका हुन् ।

यस्तै अहिले ७ हजार ८ सय ५१ जना संक्रमित उपचारका लागि विभिन्न अस्पतालका आइसोलेसनमा रहेका छन् ।

अहिलेसम्म १ लाख ८६ हजार ३ सय ६६ जनाको पीसीआर र २ लाख ७१ हजार ५ सय ८४ जनाको आरडिटी परीक्षण गरिएको छ । अहिले ८५ हजार ८ सय १३ जना क्वारेन्टिनमा छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.