गुणस्तर प्रत्यायन प्रमाणपत्र (क्यूएए) शहिद रामापुर क्याम्पसले प्राप्त ग¥यो

 

बुुटवल, असार ११ । रुपन्देहीको सैनामैना वडा नं. ६ मा रहेको शहिद नारायण पोखरेल रामापुर क्याम्पसले गुणस्तर प्रत्यायन प्रमाणपत्र (क्यूएए) प्राप्त गरेको छ । क्याम्पसले विश्व विद्यालय अनुदान आयोगले तय गरेका मापदण्ड पुरा गर्दै क्युएए प्राप्त गरेको हो । क्याम्पस प्रमुख यदुलाल पन्थले शैक्षिक गुणस्तरको बृद्धि गर्दै क्याम्पसको विकासको लागि उच्च शिक्षा सुधार परियोजना मार्फत विभिन्न मापदण्ड पुरा गर्दै क्याम्पसले क्युएए प्राप्ती गरेको जानकारी दिए ।
क्याम्पसले ८ वटा विषय क्षेत्रका १२० परिसूचकहरु पुरा गर्दै क्यूएए प्राप्त गरेको उँहाले बताउँनुभयो। क्यू.ए.ए प्राप्तीले गर्दा क्याम्पसको शैक्षिक तथा भौंतिक विकासको लागि अनुदान प्राप्त हुने भएको छ । क्याम्पसले अब प्राविधिक विषय थप गदैै ब्यवस्थापन संकायमा स्नातकोत्तर तह थप गर्ने भएको छ । यस्तै प्रध्यापक कर्मचारीहरुलाई थप अध्ययन र अनुसन्धानको लागि प्रोत्साहित गरी गुणस्तर अभिृबद्धिमा जोड दिने क्याम्पस प्रमुख पन्थले जानकारी दिए ।
क्याम्पसले छोटो समयमा नै क्युएए प्राप्ती गरेको शहिद नारायण पोखरेल रामापुर क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष डिल्लिराज ज्ञवालीले जानकारी दिए ।
क्यूएए प्राप्तीको प्रक्रिया ५ वर्षमा पुरा गर्द्र क्याम्पसले छोटो समयमा नै क्यूएए प्राप्त गर्न सफल भएको उँँहाले दाबी गर्नुभयो। छोटो समयमा नै क्यूएए पाप्तीको सफलताले क्याम्पसको शैक्षिण गुणस्तर , भौंतिक विकास र समुदायसँगको सम्बन्धले प्रमाणित गरेको दाबी गरे ।
क्यूएएको अवधि ५ वर्षको हुने उनले बताउँदै विश्व विद्यालय अनुदान आयोगले दिएको मापदण्डलाई क्याम्सले सधैं राखिरहेने जनाए । यस्तै क्याम्सले आगामी १० वर्ष गुरुयोजना समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । क्याम्पसले शैक्षिक भवन निर्माणदेखि सभाहल, आवस भवन, पुस्तकालय , कम्पाउण्ड वाल, आन्तरिक सडक, खानेपानी , चौर ब्यवस्थापन , पार्किङ्ग, क्यारिज , पार्क निर्माणको लागि ३२ करोड लागतको गुरुयोजना तयार गरेको छ । कार्यक्रममा क्यूएए कोर्डिनेटर विष्णु अर्यालले क्यूएए प्राप्तीको लागि क्याम्पसले पुरा गरेको प्रक्रियाको बारेमा जानकारी दिनु भएको थियो भने क्याम्पसका प्रशासन अधिकृत मदन थापाको सञ्चालनमा सम्पन्न भएको थियो । क्याम्पसमा हाल स्नातक र स्नातकोत्तर तह गरि ९ सय ११ विद्यार्थी रहेका छन । रुपन्देही जिल्लामा ५ वटा क्याम्पसले क्यूएएको मान्यता पाएका छन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.