हुँगाको तरकारी खेतीको अबलोकन

बुटवल । असार १६ । गुल्मीको छत्रकोट गाउँपालिकामा युवाहरु व्यवसायिक कृषिमा जुटेका छन् । युवाहरुकै सक्रियतामा तरकारी खेतीदेखि माछा, कुखरा, वंगुर र वाख्रापालनमा लागेका छन् ।

यसैसन्दर्भमा गुल्मीका प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यतामा कृषि ज्ञान केन्द्र तमघासको टोलीले स्मार्ट गाउँ कार्यक्रमको स्थलगत अबलोकन गरेको छ ।

त्यसअवसरमा अन्तर्कृया समेत भएको थियो । स्मार्ट कृषि गाँउ संचालक समिति हुंगाले गरेको अन्तरक्रियाको अध्यक्षता दानबहादुर पल्लीले गर्नुभएको थियो।

सचिब बुद्दी सारुले आ व २०७६/७७ को ६० लाख बराबरको बजेट कार्यान्वयन भएको सार्बजनिक गर्नुभयो । कार्यक्रम पश्चात् किसानहरुको कृषि क्षेत्रको अनुगमन समेत भएको छ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.