बस दुर्घटनामा १२ जनाको मृत्यु,२१ घाइते

बुटवल । जेठ १९। कोरोनाको कहरबाट जोगिँदै भारतको रुपैडिया नाकाबाट स्वदेश फर्केका नेपालीहरुलाई लिएर नेपालगंजबाट ३३ जना बोकेर सल्यान जाँदै गरेको बस दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ ।

ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

११ जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । ती मध्ये ११ जना पुरुष र एक जना महिला हुन् ।

गएराति करिब १२ बजेतिर तिव्र गतिमा हुँकिएको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरीको अनुमान छ ।

दुर्घटनामा घटनामा २१ जना घाइते भएका पनि बाँके प्रहरीले जनाएको छ ।
मृतकहरुको नाम ठेगाना अहिले खुलिनसकेको बाँके जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमले जानकारी दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.