कोरोना संक्रमितको संख्या २१ सय नाघ्यो

बुटवल । जेठ १९। नेपालमा कोरोना संक्रमितको संख्या २१ सय नाघेको छ । पछिल्लो २४ घण्टामा झण्डै तीन सय संक्रमित थपिएपछि कुल संख्या २ हजार १ सय ४ पुगेको छ ।
यति धेरैसंख्यामा एकैदिन थपिएको यो पहिलो पटक हो । मंगलबार झापामा थप पाँचजना कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार म‌गलबार दिउँसो सम्ममा एकै दिन २८८ संक्रमित थपिएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार सबैभन्दा धेरै संक्रमित रौतहटमा ७४ जना थपिएका छन् । बाँकेमा १७ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं मेडिकल कलेजको दुवाकोटस्थित कोभिड अस्तालमा कार्यरत दुई महिला र एक पुरुष स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरकी नर्स समेत संक्रमित भएकी छन् ।
यस्तै कपिलवस्तुमा १६ जना संक्रमित थपिएका छन् । उनीहरु सबै चन्द्रौटाका हुन् । रुपन्देहीको सैनामैनाका १५ देखि ५१ वर्षका १० जना संक्रमित थपिएका छन् ।
सल्यानमा थप १८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुर्खेतमा थप २७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।दैलेख ९ जना संक्रमित थपिएका छन् ।
कैलालीका १० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।अछाम १० जना संक्रमित थपिएका छन् ।स्याङ्जा ५ जनामा संक्रमण पुष्टि भएको छ ।
नुवाकोटमा पनि दुई संक्रामित थपिएका छन् ।भक्तपुरका एक जनामा संक्रमण पुष्टि भएको छ ।बर्दियामा तीन जना संक्रमित थपिएका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.