डाक्टर र बैकका कर्मचारीको संबाद लकडाउन छ, कहाँ बाट आउछ ,पैसा रुखवाट टिप्ने त हैन होला नि

 

प्रकाश भण्डारी

अहिले कोरोना कहर ले विश्वनै आक्रान्त बनेको छ । कोरोनाकै कारण विश्व लकडाउनले घर भित्र थुनएिका छन । केहि अत्यावस्यक वस्तु ,स्वास्थ्य सेवा बाहेक सवै थप्प छ । स्वास्थ्य उपचारमा समेत कोरोनाकै डरले सेवाग्राहि अस्पताल सम्म उपचारका लागी आउन सकेका छैनन् । बैक स्वयले सेवा दिन नसकिरहेको अवस्थामा ,यस्तो अवस्थामा बैकले ऋणी हरुलाई ऋणी हरुलाइ ऋण तिर्न ताकेता गरे पछि उधोगी ब्यापारी किसान सर्वसाधारण समस्यामा परेका छन् । सरकारले असार मसान्त सम्म तिर्नका लागी समय दिए पनि बैकले दिनहु सेवा ग्रहाहिलाई पोन गरेर दवाव दिएका छन । यसै समायमा बैकका कर्मचारी र सेवाग्राहि को संवाद यस प्रकार रहेको छ ।

बैकको कर्जा शाखाका एक कर्मचारीले एक ऋणी (डाक्टर) लाई फोन गरेर डा.साप नमस्कार म बैकवाट बौल्दैछु । आराम हुनुहुन्छ ।
डाक्टर ः आरामै छु भन्नुहोस् ।
कर्मचारी ः तपाइले लिएको ऋणको किस्ता ड्यु भएको छ ।
डाक्टर ः हजुर ! हुने नै भयो । पैसा छैन् ।
कर्मचारी ः डाक्टर पैसा त आइरहेको होला नी ।
डाक्टर ः यस्तो लकडाउन छ । कहाँ बाट आउछ पैसा डाक्टरले पैसा रुखबाट टिप्ने त हैन होला । विरामी भएपो पैसा आउने हो । बन्द छ विरामी आएका छैन्न अहिले ।
कर्मचारी ः विरामी हेर्नु भएकै होला नी डा.साप ! लकडाउन छ भनेर मान्छे विरामी नहुने त हैन् ।
डाक्टर ः जिविको पार्जन गर्ने लाई पनी धौ–धौ छ । परिवार पाल्ने कि ऋण तिर्ने ।
कर्मचारी ः ड्यु किस्ता कहिले तिर्नुहुन्छ ।
डाक्टर ः लकडाउन खुले पछी ।
कर्मचारी ः खुले कै भोली पल्ट हाल्दिनुस है ।
डाक्टर ः नेपाल राष्ट्र बैँक ले पनी असार मसान्त सम्म तिर्दा हुन्छ भनेको छ ?
कर्मचारी ः राष्ट्र बैँकले भनेपनी हामीलाई गाहे छ नी ।
डाक्टर ः बैँकलाई त गाहे छ । हामीलाई कस्तो होला ?
कर्मचारी ः डा. साप ! सके सम्म छिटो गर्नुहोस् है ।
डाक्टर ः तपाइको कर्तव्य भन्नुभयो । म कोसिस गर्छु । तपाइले फोन गरीरहनु पदैन् ।
कमचारी ः धन्यावाद ! डा. साप

यो घटना प्रतीनिधी घटना मात्र हो । प्रायः सबै बैँक तथा वित्तीय संस्थाले अहिले ऋणीलाई फोन गरेर किस्ता तिर्ने ताकेता गरीरहेकाछन् । नेपाल राष्ट्र बैकले ऋणिको सावाँ–ब्याज तिर्ने समय असार मसान्त सम्मलाई लकडाउन भएको पहिलो पटक नै तोकी दिएको थियो । तर बैँकहरुले ऋणीलाई फोन गरेर पैसा तिर्ने दवाब दिइरहेका छन् ।
लकडाउनले साना तथा मझौला उधोगी व्यावसाहीलाई बढी असर पारेको निस्कर्ष निकाल्दै सरकाले यस्ता ऋणीलाई विशेष राहात प्याकेज ल्याउन तयारी अगाडी बढाएको छ भने बैँक हरुले क्रणी हरुलाई किस्ता तिर्ने दबाव दिइरहेका छन् ।
नेपाल राष्ट्र बैकले ऋणीहरुलाई दिएको सहुलीयत दिन पनी बैँकहरु हिच्किचाउदा लकडाउनले समस्या ग्रस्त बनाएका ऋणी समस्यमा परेका छन् ।
ऋणीहरुलाइ असार मसान्त सम्म तपाइले सबै ड्यु तिर्ने पर्दछ भन्न पनि सकीरहेका छैन् । उल्टै ऋणीले नेपाल राष्ट्र बैकले असार मसान्त सम्म सहुलीयत दिएको छ भन्दा नजानीदो तरीकाले स्वीकार गर्ने गर्दछन् ।
प्रकाश भण्डारी

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.