रोटरी बुटवलद्वारा  मन्त्रालयलाई ५ थान पिसीआर किड सहयोग

 

 

बुटवल, २६ जेठ । रोटरी क्लब अफ, बुटवलले प्रदेश ५ को सामाजिक विकास मन्त्रालयलाई कोरोना नियन्त्रण तथा परिक्षणका लागि आवश्यक सामाग्री प्रदान गरेको छ ।

क्लबले सोमबार मन्त्रालयमा मन्त्री सुर्दशन बराललाई एक कार्यक्रमकावीच पिसीआर किड तथा स्वाव कलेक्सन लिड हस्तारन्तरण गरिएको क्लबले जनाएको छ । रोटरी क्लब अफ बुटवलका अध्यक्ष दिल्लीकुमार श्रेष्ठ, रोटरीका अनगोइन सर्भिस प्रोजेक्ट चेयर कुष्णप्रसाद पराजुली, डा. सागर पौडेलको टोलीले ५ सय थान पिसीआर किड तथा १ हजार थान स्वाव कलेक्सन लिडसहितका सामाग्री मन्त्री बराललाई बुझाएको हो ।

सो अवसरमा मन्त्री बरालले कोरोना संक्रमणको उपचार र परिक्षणका लागि सामाग्रीको अभाव भएको समयमा रोटरी क्लबले गरेको सहयोगले धेरै सर्वसाधारण नागरिकको जिवन सुरक्षामा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए । उनले प्रदेश सरकारकातर्फबाट क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको परिक्षण र उनीहरुको व्यवस्थापनमा विषेश ध्यान दिएको बताउदै रोटरी जस्ता सामाजिक संस्थाहरुले त्यसमा हातेमालो गर्न अुनरोध गर्दै सहयोगको लागि धन्यवाद दिएका थिए ।

रोटरी क्लब अफ, बुटवलका अध्यक्ष दिल्लीकुमार श्रेष्ठले क्लबले दैनिक मजदुरी गरि जिवनयापन गरिरहेका परिवारलाई खाद्यान्न राहात र कोरोना संक्रमणको नियन्त्रणमा आवश्वयक स्वाश्थ्य सामाग्रीहरु निशुल्क सहयोग दिदै आएको उल्लेख गर्दै पिसिआर किडको अभावलाई कम गर्न रोटरी बुटवलका पहलमा संकलन गरिएको सामाग्री हस्तान्तरण गर्ने अवसर प्राप्त भएको बताए । उनले प्रदान गरिएको सामाग्री सहि र उपयुक्त स्थानमा प्रयोग हुने विश्वास पनि व्यक्त गरेका थिए ।

सो सामाग्री रोटरी क्लब अफ, बुटवलको पहलमा रोटरी अमेरिकाबाट सहयोगका रुपमा प्राप्त भएको अनगोइन सर्भिस प्रोजेक्ट चेयर कुष्णप्रसाद पराजुलीले जानकारी दिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.